सिरहा/भदौ ३१ गते । सिरहामा बोक्सिको आरोपमा एक महिलामाथि कु ट पी ट भएको छ ।
सिरहा नपा १२ सारस्वरका करिव ३६ बर्षीय महिलालाई बोक्सी भन्दै आफ्नै छिमेकी ४५ वर्षिय लखन साह सहितको समूहले कु ट पी ट गरेका हुन् ।
साहको विरामी नातिनी उपचार गराउँदा पनि निको नभएपछि छिमेकी महिलालाई बोक्सि भन्दै कु ट पी ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी शुवास बुढाथोकीले जानकारी दिए ।
१०–१५ दिन देखि बिरामी रहेको नातिनी उपचार गराउँदा पनि ठिक नभएको भन्दै बोक्सिले लागुभागु (टुनामुना) गरेको भन्दै कु ट पी ट गरेको बताइएको छ ।
बोक्सि भन्दै कु टेको आरोपमा प्रहरीले साह लाई प क्रा उ गरेको छ । घटनामा संलग्न अन्य भने फ रा र रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । महिलाको अबस्था समान्य रहेकोे छ ।स्रोत-गमक पोस्ट अनलाईन बाट
















Discussion about this post