nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मन्दिरको जग्गा बेचिसके महन्थले, विवाहमण्डपको भूमि भूमाफियाको खल्तीमा

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २०, २०७८, ७:४१ बिहान
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने घोषणा

अन्नपूर्ण पोस्ट बाट साभार/भदौ २० गते।प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ। भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन्। नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ। तर, स्वयंवरको दृश्य भने सबैले हेर्न पाउँदैनन्। भारतबाट आउने जन्तीले मण्डप क्षेत्रमा बाससमेत पाउँदैनन्। यसको कारण हो, गुठीको जग्गा भूमाफियाको कब्जामा पर्दै जानु। जानकी मन्दिरका पूर्वमहन्थ स्व।रामशरणदास वैष्णवले गुठी र मन्दिरको जग्गा बेचेर व्यक्तिको नाममा गरिदिएपछि यहाँ हुने विवाह पञ्चमीको रौनक नै कम हुँदै गएको स्थानीयवासी बताउँछन्। 

यहाँको रानीबजारस्थित मणिमण्डपमा राम, भरत, लक्ष्मण र शत्रुधनको एकैचोटी स्वयंवर भएको जनविश्वास गरिन्छ। त्यसैको सम्झनामा यहाँ हुने स्वयंवर कार्यक्रममा रामजानकी विवाह मण्डप कहिल्यै सजिन पाउँदैन। स्वयंवरको दृश्य हेर्न आउने लाखौं श्रद्धालु भक्तजनले उभिने ठाउँसमेत पाउँदैनन्। यहाँको २५ बिघा जग्गाजमिन जानकी मन्दिरका पूर्वमहन्थ स्व। रामशरणदास वैष्णवले विभिन्न व्यक्तिलाई बेचिदिएका थिए। रामशरण दासको मृत्युपछि बाँकी जग्गा रामतपेश्वर दासले किर्ते हस्ताक्षरमा बेचेका थिए। त्यसैले अयोध्याबाट आउने जन्तीले मणिमण्डप क्षेत्रमा बाससमेत नपाउने अवस्था छ। 

जनकपुरधामको ऐतिहासिक तथा साँस्कृतिक धरोहर, रामजानकी विवाह मण्डपको भूमि भूमाफियाको कब्जामा परेको छ। 

महन्थ रामशरणदास वैष्णवले आफ्नो कार्यकालमै विवाह मण्डपको साइनबोर्डमा जानकी मन्दिरको नाम सानो अक्षरमा र छुटगुठी ठूलो अक्षरमा लेख्न थालेपछि मन्दिरको सम्पत्ति महन्थको बिर्ता सरह हुन पुग्यो। बेचबिखन यहाँसम्म पुग्यो कि जनकपुरधामका धार्मिक र साँस्कृतिक प्रतीकहरू छिन्नभिन्न हुन थाले। देवभूमि जथाभावी अतिक्रमण पर्दै गएपछि यहाँका पुरातात्विक, धार्मिक र प्रतीकहरू खुम्चिदै गएका छन्। 

जनकपुर नगरपालिका भित्र १४ राजगुठी छन्। जानकी मन्दिर, सीता कुण्ड र वीरपुर गुठी भने छुट्टै गुठीमा छन्। जसमध्ये सबै गुठीहरू अतिक्रमणमा परेका छन्। नगरपालिका क्षेत्रका गुठीका ९० प्रतिशत जग्गा मालपोत, नापी, गुठी संस्थानदेखि महन्थको मिलोमतोमा अतिक्रमण भइसके। गुठीहरूसँग मुस्किलले १० प्रतिशत जग्गा मात्र अवशेषका रूपमा बाँकी छन्।   

जनकपुरको सबैभन्दा बढी जानकी मन्दिरको साविक ६ हजारमध्ये ५ सय ३० बिघा, राममन्दिरको २८ सय ६७ बिघामध्ये २५ सय बिघा, लक्ष्मण मन्दिरको साविक ४ सय १० बिघामध्ये ३ सय ९० बिघा अतिक्रमणको चपेटामा परेका छन्। रत्नसागरको ६५ बिघामध्ये ४२ बिघा, कुवा मठको ४ सय ८५ बिघामध्ये ४ सय ६० बिघा, हनुमान मठको १ सय ४३ बिघामध्ये १ सय ३० बिघा जमिन भूमाफियाको कब्जामा गइसके। 

गुठीका ‘श्रीसम्पत्ति’ विनाश गर्ने कामको नेतृत्व महन्थहरूले नै गरिरहेकाले देवभूमि भूमाफियाको कब्जामा परेको छ। गुठीको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट च्युत भएर महन्थहरूले भूमाफियासँग मिलेर अकुत कमाइरहेका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Tags: पत्रपत्रीका

Discussion about this post

Related Posts

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!