रामेछाप/भदौं १७ गते । रामेछापको उमाकुण्ड गाउँपालिका–३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र यौन क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले प क्रा उ गरेको छ ।गुम्बाभित्र यौन सम्पर्क गर्दागर्दै ६२ वर्षिय वृद्ध र २४ वर्षिय युवती पक्राउ परेका छन ।
गुम्बाभित्र यौन क्रियाकलाप गर्ने उक्त गुम्बाका प्रमुख ६२ वर्षीय सर्की शेर्पा र २४ वर्षीया सन्तोषी सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिकस्थल गुम्बाभित्र आ प तिजनक यौन क्रियाकलाप गरिरहेको अबस्थामा स्थानीयले फेला पारेका थिए ।
स्थानीयले खबर गरेसँगै दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक स्थलभित्र गैरकानुनी रुपमा यौन क्रियाकलाप गर्ने शेर्पा र सुनुवारलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सार्वजनिकस्थल गुम्बाभित्र साँस्कृतिक मूल्य– मान्यता, सामाजिक सदाचार र नैतिकता बिपरीत अमर्यादित अपराधिक यौन क्रियाकलाप गरेको हुँदा मुलुकी अपराध संहिता २०७४ को दफा १२३ (१) बमोजिम सार्बजनिकस्थलमा यौन क्रिया गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप भई अनुसन्धान काम भइरहेको छ ।





















Discussion about this post