nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा सिंग्याही मडानकी विनिता देवी दुःख : विदेश गएका पति हराए, कहाँ खोज्ने ?

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १५, २०७८, ६:५३ मध्यान्ह
धनुषा सिंग्याही मडानकी विनिता देवी दुःख : विदेश गएका पति हराए, कहाँ खोज्ने ?

श्रवण देव/जनकपुरधाम/भदौ १५ गते।धनुषाको कमला नगरपालिका–७ सिंग्याही मडानकी विनिता देवीलेआठ बर्षअघि मनमा यही सोचेकी थिइन् कि अब विस्तारै दुःखको दिन जान्छ र सुखको दिन आउँछ भनेर तर समय त्यस्तो रहेनछ।

ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने, सहज जीवन बिताउने सोचेरै धनुषाको कमला नगरपालिका–७ सिंग्याही मडानकी उनले आफ्ना पति दुखी मण्डललाई कतारतर्फ विदा गरिन् ।

पतिलाई विदाई गर्दा १३ बर्ष र ७ बर्षका छोराको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता विनितालाई थियो नै । ‘दुबै जना काम गर्दा पनि ऋण लागिरहन्थ्यो, छोराहरुलाई स्कुल पठाउन समस्या थियो’, ३८ बर्षीया विनिता भन्छिन्, ‘त्यसबेला २ लाख ऋण लिएर उहाँ विदेश जानुभएको थियो ।’

विदेशमा कमाइ हुन थालेपछि दुःख विस्तारै हट्दै जाने विश्वास उनीहरुलाई थियो । नभन्दै, दुई महिनापछि नै दुखीले कतारबाट रकम पठाउन थाले । ‘कुनै महिना १० हजार त कहिले २० हजार रुपैयाँ पठाउन थाल्नुभयो’, विनिता भन्छिन्, ‘तर, लगभग दुई बर्षपछि उहाँ नै हराउनुभयो । सम्पर्कविहीन भएको नै पाँचबर्ष लाग्यो ।’

दुखी मण्डल

विनिता देवीले थाहा पाएसम्म दुखी उँट र बाख्राको रेखदेख गर्ने कामका निम्ति कतार गएका थिए । दुखीसँग मोवाइल फोन नभएकाले उनलाई मालिक (कपिल) ले परिवारसँग सम्पर्क गराउँथे । अहिले त कपिल पनि सम्पर्कमा नआएको विनिता बताउँछिन् ।

‘पाँच बर्षअघि कपिलकै मोवाइलमा बोल्दा अब घर आउनुस् भनेकी थिएँ’, उनी भन्छिन्, ‘त्यसपछि एक दिन कपिलले फोन गरेर दुखी मण्डल नेपाल गइसकेको बताएका थिए ।’

तर, एक महिनासम्म पनि पति घर नआउँदा कपिलको नम्बरमा पटक–पटक फोन गरेको तर, सम्पर्क नभएको विनिता बताउँछिन् । दुखी अझै परिवारको सम्पर्कमा आएका छैनन् ।

ऋण तिर्न विदेशिएका छोराले पाएनन् काम

दुखी विदेश जाँदा लिएको ऋण चुक्ता भइसकेको थिएन । साँवा–व्याजको लागि साहुले ताकेता बढाएपछि विनितामाथि चर्काे तनाव प¥यो । त्यसपछि थप ऋण लिएर उनले जेठा छोरालाई दुई बर्षअघि दुबई उडाइन् । तर, त्यसको केही दिनमै कोरोना संक्रमण रोक्न दुवई पनि लकडाउन भयो ।

‘लकडाउन भएर खाली बसेको छोराले महिना दिनअघि बल्ल काम पाएको छ’, उनले भनिन्, ‘यता म ऋणले पुरिएर बसेकी छु । पतिको अवस्थाले उस्तै चिन्तामा पारिरहेको छ ।’

पतिलाई कहाँ, कसरी खोज्ने होला ?

पतिलाई कतार पठाएको मात्रै थाहा छ उनलाई । त्यसबाहेक केही जानकारी छैन । कुन कम्पनीमा काम गर्न, कुन म्यानपावर कम्पनीमार्फत् गए केही थाहा छैन, विनितादेवीलाई ।

दुखी मण्डल विदेश गएपछिका भिसासहित वा बिनाका कुनै कागजात घरमा हुने कुरै भएन । ‘मानिसहरु कागज भएको भए धेरै कुरा बुझ्न सकिन्थ्यो भन्छन्, तर केही छैन । के गर्ने होला ?’ विनिता भन्छिन्, ‘मेरो पतिको खोजी गरिदिन म सबैसँग बिन्ती गर्छु ।’

स्रोत-अनलाईन खबर

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!