जनकपुरधाम/भदौ १३ गते ।बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका वडा नम्बर ७ कटुन्जेमा मोटरसाइकलमाथि पहिरो संगै ढुंगा खस्दा महोत्तरीका एक युवकको ज्यान गएको छ भने जनकपुरका एक युवक घाइते भएका छन् ।
ज्यान जानेमा मोटरासइकल चालक मोहत्तरीको रामगोपालपुरका २८ वर्षीय सरोजकुमार साहको छन् भने उनको पछाडि मोटरसाइकलमा सवार धनुषाको जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने रामाननन्दचोकका ३० वर्षीय सतिसकुमार साह घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।मृतक साह महोत्तरीको रामगोपालपुर नगरपालिकाकाे उप मेयर सीता साहको छाेरा हुन् ।
आइतबार दिउँसो काठमाडौंबाट विपी राजमार्ग हुँदै जनकपुर फर्किने क्रममा ज.८.प ७४९० नम्बरको मोटरसाइकलमाथि काभ्रको रोशी गाउँपालिका पहिरो गई ढुंगा माटो खस्दा मोटरसाइकल दुर्घटना भएको थियो ।
दुवै ढुंगा लागेर घाइते भएपछि धुलिखेल अस्पतालमा उपचारको क्रममा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सडकको माथिबाट खसेको ढुंगा लागेर घाइते भएकालाई प्रहरीले उद्धारको लागि धुलिखेल अस्पताल लगेका थिए ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक सरोजको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनका घाइते साथी सतिसको सोहि अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार साहको पेट र अनुहारमा चोट लागेको र उहाँको अवस्था सामान्य रहेको छ ।














Discussion about this post