nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ मा बाढीको बितण्डा, सयौ घर डुबानमा

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १२, २०७८, १०:१५ बिहान
बिहीबारदेखि परेको लगातारको वर्षाले धनुषाको दक्षिणी भेग डुबानमा (फाेटाे फिचर )

जनकपुरधाम/भदौ १२ गते।बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। महोत्तरीको बल्वा नगरपालिका– ११ को रौजा र ४ को तिलगढमा तटबन्ध भत्काएर रातु नदीको बाढी बस्तीमा पस्दा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । विस्थापितहरू विभिन्न विद्यालयमा आश्रय लिएर बसेका छन् । 

बस्तीका नौ सयभन्दा बढी घर डुबानमा परेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । बाढीले तीन ठाउँमा गरी करिब एक सय पचास मिटर तटबन्ध भत्काएको छ । स्थानीय लक्ष्मण मण्डलले रौजा मजारलगायतका बस्तीमा पनि पानी पसिरहेको बताए ।

पहिल्यैदेखि जीर्ण अवस्थामा रहेको बाँध भत्काएर बाढी बस्तीमा पसेको स्थानीयले बताएका छन् । रातुमा आएको बाढीले प्रत्येक वर्ष यहाँका बस्ती प्रभावित हुने गरेका छन् । डुबानमा परेको बस्तीमा जोखिममा रहेकालाई उद्धार गरी अन्यत्र सार्न सुरक्षा निकायलाई परिचालन गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका प्रमुख तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत डुबान क्षेत्रमा सुरक्षा सामग्रीका साथमा परिचालन गरिएको भट्टराईले बताए । डुबेको बस्तीबाट पानी पठाउन ठाउँ–ठाउँबाट पानी काट्ने काम भइरहेकाले जोखिम बिस्तारै कम हुने उनको भनाइ छ । अझै वर्षा नरोकिए रातु नदीको बाढीले अन्य पालिका हुँदै जलेश्वरसमेत डुबानमा पर्ने हुँदा सुरक्षित भएर बस्न पनि प्रजिअ भट्टराईले आग्रह गरेका छन् । बाढीले सयौँ हेक्टर खेतमा लगाइएका करोडौँका बाली नष्ट गरेको छ । 

धनुषाको दक्षिणी भेग भने डुबानमा परेका छन् । बिहीबारदेखि परेको निरन्तर वर्षाको पानीले औरहीको देउरी, परवाहा, जनकपुरको भोइल, ओसियालगायतका गाउँ डुबानमा परेका हुन् ।देउरी बजारको बीच सडकमा दुई फिट पानी जमेको स्थानीय अमन यादवले बताए । उनका अनुसार देउरी, परवाहा चोकबाट दक्षिणतर्फको पूरै भाग डुबानमा परेको छ ।

यस्तै अविरल वर्षासँगै आएको बाढीका कारण सिरहाका विभिन्न ठाउँमा घरहरु डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका १२ बेतौनाका एक दर्जन भन्दा बढी घरहरु डुबानमा परेका हुन् । घर डुबानमा परेपछि स्थानीयवासी छिमेकीहरुको घरमा शरण लिएर बसिरहेको स्थानीय मिन्थुन मण्डलले जानकारी दिए । 

डुबानका कारण कोठी(माटोको भकारी) भत्केर सबै अन्नपात काम नलाग्ने भएको स्थानीय इन्द्रदेवी मण्डलले जानकारी दिइन् । उनले भनिन्, ‘घरमा भएका सबै अन्नपात भिजेपछि बिहान छिमेकीले खाना खुवाए, अब पकाउने ठाउँ पनि छैन, भएको अन्नपात पनि भिजेकोले छाक टार्न मुस्किल छ ।’

त्यस्तै, अबिरल बर्षाका कारण गोलबजार नगरपालिका ९ मा २ वटा घर र धनगढीमाई नगरपालिका ६ मा एउटा घर भत्किएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेँलले जानकारी दिए । उता, वर्षाको पानी बजार पसेपछि मिर्चैयाका दर्जनौ पसलहरु जलमग्न भएका छन् । पूर्व–पश्चिम राजमार्गदेखि उत्तरको पानीको उचित निकास नहुँदा बजार पसेर जलमग्न भएको स्थानीय रामनारायण ठाकुरले जानकारी दिए । उनले व्यवसायीहरुको करोडौंको क्षति भएको बताए ।

यता,कमला नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सिरहाको पटेर्वास्थित कमला नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको प्रजिअ कणेँलले बताए ।

धनुषा र सिरहाको बीचबाट बग्ने कमला नदीमा पानी बढेपछि नजिकका बस्तीमा त्रास बढेको छ। चुरेबाट तराई भू—भागमा बग्ने एक सय ६४ नदीको चरम दोहनले बस्ती प्रभावित हुनुका साथै हजारौं विस्थापित छन्। 

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!