nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मुख्यमन्त्री स्वच्छता कार्यक्रम :अनियमितताको केन्द्र र आफन्त भर्तीको अखाडा

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ५, २०७८, २:५३ मध्यान्ह
प्रदेश २:प्राकृतिक प्रकोप र हिंसा पीडित परिवारलाई २५ हजार दिइने

सन्तोष सिंह/जनकपुरधाम/भदौ ५ गते ।प्रदेश सरकारको महत्त्वाकांक्षी अभियान मुख्यमन्त्री स्वच्छता कार्यक्रम मुख्यमन्त्री र सचिवका आफन्त भर्ना तथा अनियमितताको आरोपले विवादित बनेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आफ्नै भतिजा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यामप्रसाद भुसालका छोरालाई करारमा नियुक्त गरेका छन् ।

राउतका प्रेस संयोजकको जिम्मेवारीसमेत सम्हालिरहेका आतिशकुमार मिश्रलाई कार्यक्रमको अधिकृतस्तर (सातौं) मा नियुक्ति दिइएको छ । सचिव भुसालका छोरा प्रदीप भुसाललाई सहायक समन्वयकर्तामा नियुक्त गरिएको छ ।

उनीहरूले पदअनुसार सरकारी सेवासुविधा लिइरहे पनि मिश्रले हालसम्म कार्यालयमा पाइला नटेकेको र भुसालले सातामा एकचोटि हाजिर गर्ने गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनायो । सचिव भुसालकी श्रीमती टीका भुर्तेललाई पनि दैनिक ज्यालादारीमा नियुक्त गरिएको छ ।

बाँकी कर्मचारी पनि अरू मन्त्री र नेता निकटका छन् । सचिव भुसालले स्वच्छता कार्यक्रममा परिवारका सदस्य नियुक्त गरेको स्विकार्दै यसबारेमा मुख्यमन्त्रीसमेत जानकार रहेको बताए । सचिव भुसालले छोरालाई स्वच्छता कार्यक्रमको कर्मचारी बनाएको कारण भने चाखलाग्दो छ । ‘मुख्यमन्त्री कार्यालयमा बस्दा दलका नेता–कार्यकर्ता आएर थर्काउँछन् । सहयोग होस् भनेर छोरालाई पनि नियुक्त गरेर सँगैको कार्यालयमा राखेको छु,’ उनले भने, ‘एक्लै बस्न समस्या भएपछि छोरालाई सँगै राखेको हुँ ।

कार्यक्रमको कार्यालय अस्थायी रुपमा मुख्यमन्त्री कार्यालयमै स्थापना गरिएको छ । कार्यक्रमले विभिन्न तहमा १० जना कर्मचारी नियुक्त गरेको छ । करारमा तीन जना सातौं तह, एक जना छैटौं तह, दुई जना पाँचौं तह र चार जना श्रेणीविहीनमा नियुक्त गरिएको हो ।

स्वच्छता कार्यक्रमअन्तर्गत पोखरी सौन्दर्यीकरण र धार्मिक स्थलको मर्मतसम्भारमा अनियमितता भएको भन्दै जनकपुरका सरोज मिश्रले मुख्यमन्त्री कार्यालयमा सूचनाको हक प्रयोग गर्दै जानकारी माग गरेका थिए । मुख्यमन्त्री कार्यालयले उपलब्ध गराएको सूचनाअनुसार स्वच्छता अभियानमा मुख्यमन्त्री र सचिवले आफ्नै परिवारका सदस्य नियुक्त गरेको खुलेको हो । स्वच्छता कार्यक्रमका लागि करारमा नियुक्त केही कर्मचारीलाई भने मुख्यमन्त्री कार्यालयले अन्य काममा पनि लगाएको पाइएको छ । स्वच्छता अभियानका कम्प्युटर अपरेटर सहायक पाँचौं तहमा नियुक्त अनिताकुमारी महतोलाई कार्यालयको दर्ता चलानी फाँटमा खटाइएको छ । कार्यक्रमका १० कर्मचारीमध्ये महतो मात्र हरेक दिन कार्यालय पुग्छिन् ।

प्रदेशमा रहेको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका क्षेत्र, पोखरी, सरकारी कार्यालय र सार्वजनिक स्थलको मर्मतसम्भार, सरसफाइ र स्वच्छतालाई अभियानको रूपमा अगाडि बढाउने उद्देश्यले मुख्यमन्त्री राउतले कार्यकालको पहिलो वर्षदेखि नै यो कार्यक्रमलाई बजेटमै समेट्न लगाएका थिए । स्वच्छता कार्यक्रमअन्तर्गत धार्मिक र सांस्कृतिक महत्त्वका पोखरीको संरक्षण र मर्मतसम्भार तथा निर्माणको काम निरन्तर भइरहेको मुख्यमन्त्री कार्यालयका अधिकृत सुरेन्द्र कर्णले दाबी गरे । गत आर्थिक वर्ष ०७७/७८ मा स्वच्छता कार्यक्रमका लागि ५४ वटा योजनामा बजेट विनियोजन गरेको कर्णले जानकारी दिए । ‘गत वर्ष ५३ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएका थियौं । चालु वर्षमा ३१ करोड रुपैयाँ बजेट छ ।’

मुख्यमन्त्री राउतले आर्थिक वर्ष ०७५/७६ मा प्रदेशभित्र एक घर एक शौचालय कार्यक्रम कार्यान्वयन गरी हरित सडक, हरित नगर, हरित ग्राम, हरित पोखरी, हरित मन्दिर, हरित नदी अभियानलाई समेट्दै स्वच्छता कार्यक्रम थालेका थिए । कार्यक्रमकै लागि त्यस वर्ष २१ करोड ६१ लाख बजेटसमेत विनियोजन भएको थियो । आव ०७६/७७ मा ३१ करोड ३३ लाख छुट्याइएको थियो । यसरी ४ आवमा १ अर्ब ३७ करोड ३४ लाख रुपैयाँ यो कार्यक्रमका नाममा गएको छ । तर करोडौं बजेट हुने अभियानको आफ्नै छुट्टै कार्यालय र कार्यक्रम संयोजकसमेत छैनन् । योजना छनोट प्रक्रिया पनि पारदर्शी छैन ।

मुख्यमन्त्री कार्यालयमातहतको यो कार्यक्रमअन्तर्गत योजना छनोट, मूल्याकंन, अनुगमन, बजेट र अन्य प्रशासनिक कामबारे कर्मचारीलाई नै जानकारी हुँदैन । कार्यालयको योजना शाखामा पनि यसबारे कुनै जानकारी छैन । गोपनीय ढंगबाट योजना छनोट र बजेट विनियोजन हुने गरेको कर्मचारीहरू बताउँछन् ।

स्वच्छता कार्यक्रमअन्तर्गत सर्लाहीको मंगलवा–७ स्थित मुसैलीमा पुरानो पोखरीको पर्यटकीय सौन्दर्यीकरणमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयले अख्तियारलगायत निकायमा उजुरी हालेका छन् । पोखरी सौन्दर्यीकरणमा ६१ लाख २९ लाख रुपैयाँ खर्चिए पनि महिना दिन नबित्दै पर्खाल भत्केको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति अशोक यादवले पनि उक्त पोखरीको सौर्न्दीकरणमा आर्थिक अनियमितता भएको दाबी गर्दै छानबिन हुनुपर्ने माग गरे । समितिले प्रदेश सरकारसँग स्वच्छता कार्यक्रमअन्तर्गत भएका कामको विवरण मागे पनि मुख्यमन्त्री कार्यालयले उपलब्ध नगराएको उनले बताए । साभार : कान्तिपुर अनलाईन बाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!