काठमाडौँ/भादौ २ गते।जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) पार्टी निर्वचन आयोगमा दर्ता भएको छ ।
महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जसपा नेपाल (लोकतान्त्रिक) दल दर्ता गराएका हुन् । जसको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ठाकुर पक्षले नयाँ दल दर्ता गरेको हो ।ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको जनाइएको छ ।
नव गठित पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए ।‘अध्यक्षमा महन्थ ठाकुर हुनुहुन्छ अन्य पदाधिकारी तोकिएको छैन,’ उनले भने ।

जसपा (लोकतान्त्रिक)को केन्द्रीय कार्यकारिणी समिति २४ सदस्यीय रहेको छ । यसको चुनावचिन्ह साइकल रहेको छ ।





















Discussion about this post