nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ज्यान जोगाउन सफल मलंगवाको सर्लाही मेडिकेयर हस्पिटल

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३०, २०७८, २:१३ मध्यान्ह
ज्यान जोगाउन सफल मलंगवाको सर्लाही मेडिकेयर हस्पिटल

मनोज यादव/सर्लाही/श्रावण ३० गते।प्रदेश न-२ अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामै पहिलोपटक मलंगवा स्थित सर्लाही मेडिकेयर प्रा.ली हस्पिटलले एकजना महिलाको एपेन्डिक्सको सफल श ल्य क्रि या गरेको छ । एपेण्डीसाइटिसको समस्याबाट पिडित महिलाको सर्लाही मेडिकेयरका वरिष्ट जेनरल सर्जन डा.विजय प्रताप साहले सफलतापूर्वक शल्यक्रिया गरि ज्यान बचाउन सफल भएका हुन ।

गत साउन २५ गतेका दिन मलंगवा नगरपालिका वडा न-६, खुटौना माइती रहेको स्थानीय कमलेश यादवकी श्रीमती २६ वर्षीया अर्चना यादवको डा.साह र उनका मेडिकल टिमले एपेन्डिक्सको अपरेशन गरेका छन् ।बिरामी अवस्थामा मलंगवाकै अस्पतालमा देखाउँदा उनको अपरेशन गर्नुपर्छ यहाँका अस्पतालहरुमा विशेषज्ञ डाक्टर र अपरेशनको सुविधा छैन ।

अपरेशनको लागि बाहिर लानुपर्छ भन्ने मात्र जवाफ आएपछि निराशनै भइसकेको अवस्थामा केही साथीहरूको सल्लाह अनुसार मलंगवामै वडा न-१० स्थित नयाँ जिल्ला अदालतको पछाडि तथा हुलाक कार्यालयको छेउमा भर्खरै संचालनमा आएको सर्लाही मेडिकेयर हस्पिटलमा देखाउने निधो गरे पति कमलेश यादवले बताए ।उनले सर्लाही मेडिकेयरका डा. साहले सफलतापूर्वक अपरेशन गरेर पत्नीको ज्यान बचाइ दिएको भन्दै विशेषज्ञ डाक्टर सहित उक्त हस्पिटलमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । बाहिर लगेको भए समयको साथसाथै लाखौं रुपैयाँ खर्च हुने थियो ।मलंगवामै एपेन्डिक्सको अपरेशन भएपछि समय र पैसाको बचत भएको उनले खुसी व्यक्त गर्दै भने ।

प्रदेश न-२ अन्तर्गत पर्ने अन्य जिल्लाहरुको तुलनामा सर्लाहीको मलंगवा जटिल मात्र नभइ सामान्य रोगको उपचारका लागि पनि पछाडि परेको ठाउँ हो ।यस जिल्लाका बिरामीहरु उपचारका लागि छिमेकी देश भारतको सितामढी, दरभंगा,पटना , दिल्ली लगायतका ठाउँमा जाने गरेका छन्।नेपालमै जानुपर्दा जनकपुर , बिरगंज ,धरान, भरतपुर र काठमाडौं जाने गरेका छन् ।मलंगवामा संचालित केही प्राइभेट अस्पतालमा सामान्य रोगको उपचारको साथै केही समयदेखि सिजरियन सेक्सन (पेट चिरेर बच्चाको डेलीभरी गर्ने शल्यक्रिया) भए पनि अरु अपरेसन भएका थिएनन् ।तर सर्लाही मेडिकेयर हस्पिटलले पहिलोपटक यस किसिमको जटिल अपरेशन गरेर अब जटिल रोगको उपचार र अपरेशनको लागि ठुला शहरमा गएर आफुमाथि आर्थिक भार थप्नु पर्ने अवस्था समाप्त भएकोले आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सर्लाही मेडिकेयर हस्पिटल बरदान नै सावित भएको जानकारहरुले बताए ।

जिल्लाको सदरमुकाम भएर पनि मलंगवामा एकजना पनि सर्जन डाक्टर र बालरोग विशेषज्ञ डाक्टर नरहेको अवस्थामा यस अस्पतालले कुनैपनि किसिमको जटिल रोगको अपरेशनका लागि वरिष्ट जेनरल सर्जन डा.विजय प्रताप साह र जन्म देखि १६ वर्षसम्मको बच्चाको सम्पूर्ण रोगको उपचारको लागि वरिष्ट नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रबिन कुमार चौधरी लाई लिएर भर्खरै स्थापना भएको यस हस्पिटलले छोटो समयमै राम्रो उपचार सेवा र सुविधा प्रदान गरेर नाम कमाउन सफल भएको छ ।

सर्लाही मेडिकेयरका अनुसार यस हस्पिटलले बिरामीहरुको लागि २४ सै घण्टा इमर्जेन्सी ,फार्मेसी,प्याथोलोजीको साथै जनरल वार्ड र बच्चाको लागि उच्च निर्भरत एकाई(NICU)को समेत सुविधा उपलब्ध गराएको छ ।यस हस्पिटलमा एपेन्डिक्स , बाबाशिर ,फिस्टुला,हर्निया,हाइड्रोसिल,पिसाबको समस्या , कुनै किसिमको घाउ,पोलेको घाउ, गिल्ठी,शिष्ट ,पेट दुख्नु, स्तनको समस्या र एक्सिडेन्टल केशको उपचारको व्यवस्था रहेको डा.साहले जानकारी गराएका छन् ।साथै अडियोलोजिस्ट रश्मी रंजन द्वारा कान कम सुन्ने र नबोल्नेहरुको समेत उपचार गरिदैं आएको डा.साहले बताए ।महिनाको प्रत्येक सनिवार औषधि बाहेक निशुल्क ओपिडी सेवा दिंदै आएको यस हस्पिटलले गरिब तथा विपन्नहरुको सम्पूर्ण उपचार खर्चमा ५० प्रतिशत छुट दिदैं आएको छ ।

एकजना पनि सर्जन र नवजात शिशु तथा बालरोग विशेषज्ञ नरहेको मलंगवामा सर्लाही मेडिकेयर प्रा.लिले डा.साह र चौधरीलाई ल्याएर स्तरीय उपचारमा कोषेढुंगा सावित भएको स्थानीयहरुले अनुभव गरेका छन् ।

विस्तारै हरेक रोगको विशेषज्ञ डाक्टर ल्याउने लक्ष्य लिएको यस हस्पिटलको कोरोना भाइरसको समस्या समाधान भइ अवस्था सामान्य भएपछि गरिब तथा दलित समुदायको बसोबास रहेको सर्लाहीका गाउँ र टोलमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको जनाइएको छ ।

Tags: सर्लाही खबर

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!