विष्णुदेव सरदार/सिरहा/श्रावण २७ गते।सिरहाको दक्षिणी सिमावर्ती लक्ष्मीपुर – पतारी गाउँपालिका मेयर रामवल्लभ साहले गरेका कामकाज चर्चा जतातत्तै देखिएको छ।जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित साह विभिन्न बाधा अवरोध विच जनताको मतले जीत हात पारेर जनमतको कदर गर्दै आइरहेको देखिन्छ ।
पतारी हाट र रामपुर बजार व्यवस्थापन गराए दिन देखि नै हाटमा मानिस आँउन रुचाउँने , स्थानीयहरुले आफ्नै बारीमा उत्पादन गरेका आलु , खुर्सानी , लौका , बोरी , खिरा , बैगन कोबी लगायत अनेकौं हरियो साग , सब्जी बजार बेच्दा हर्षित भएको देखिन्छ । कैयौं दशक देखि पतारी बजारमा प्रत्येक सप्ताहको आइतबार र बिहीबार “हटिया”लाग्दै आइरहेका छन।

त्यसैगरी रामपुर बजारमा प्रत्येक सप्ताहको सोमबार र शुक्रबार गरि २ दिन हटिया लाग्दै आइरहेका छन।हाट आर्थिक उन्नतिको एउटा केन्द्र विन्दु बन्दै गएकाले दिनानुदिन स्थानीयहरुको आकर्षित बढदै गएको देखिन्छ । व्यपारी भन्दापनि स्थानीय नै बढि दैनिक उपभोगीय लिएर आउने गरेका छन।
पतारी पोखरी सौन्दर्यकरण हाट बजार व्यवस्थापन , सिसिआर सि ढलान गापाका ६ वटै वडाहरुमा ।
पिप्रा प्र.धमा एक आधुनिक र सुविधा सम्पन्न पिप्रा स्वास्थ्य चौकी , त्यसतै वडा न.२ पोखरभिण्डामा अवस्थित श्री जनता डोमी चौधरी माध्यमिक विद्यालयलाई प्रदेश न.२ कै एउटा नमुना विद्यालय बनाउने गृहकार्य भइरहेको पालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत रामवालक पासवानले बताए ।
पालिका भित्र दलित , जनजाति , सुकुम्बासी , मधेसी , पछिडिएका वर्गका समस्याहरुलाई आत्मसात गरी अघि बढिरहेको देखिन्छ ।
वडा न.१ पिप्रा , वडा न.२ पोखरभिण्डा,वडा न.३ महेशपुर हरिनगर ,वडा न. ४ लक्ष्मीपुर ब्रहम्पुरी , वडा न. ५ खरुकियाही , वडा न. ६ सितापुर पालिका भित्रका वडाहरु पर्दछन।
कृषि क्षेत्रमा खेत खेतमा विजुली पुर्याइदिएका छन।पालिका प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामा जनताको समस्या कर्मचारी बुझेका छन । यो पालिका अरु पालिकाको तुलनामा बेग्लै कामकाज गरेर देखाएको जिकिर गरेकी छिन।
शिक्षा , स्वास्थ्य , खानेपानी , कृषि , सडकमा पालिकाले क्रान्ति ल्याएको छ।
















Discussion about this post