सन्तोष सिंह/धनुषा/श्रावण २४ गते।धनुषा लक्ष्मीनिया गाउँपालिका–४ सपही २२ वर्षीया प्रियंका देवीको ह त्या आरोपमा श्रीमान् सन्तोष पासवान पुर्पक्षका लागि जेलमा छन् । अरू महिलासँग सम्बन्ध रहेको आशंकामा पतिपत्नीबीच झै झ ग डा भइरहन्थ्यो । त्यही क्रममा गत असार ४ गते राति दुवैबीच झ ग डा भयो । श्रीमान्ले घाँ टी थिच्दा प्रियंकाको मृ त्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए ।
‘दिनभर ट्याक्टर चलाएर राति घर फर्किएका पासवानले श्रीमतीलाई खाना पस्किन भने,’ प्रहरी निरीक्षक सुनारले भने, ‘सुत्न गएकी प्रियंका खाना दिन नआएपछि श्रीमान् पनि रिसाउँदै सुत्न गएछ । राति सुत्ने क्रममै दुवैबीच भनाभन भयो । विवादकै क्रममा घाँ टी थि च्दा श्रीमतीको मृ त्यु भयो ।’ प्रियंकाको ह त्या आरोपमा पक्राउ परेका पासवानलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाएको प्रहरी निरीक्षक सुनारले बताए । प्रियंकाको ह त्या का कारण श्रीमान्को अन्य महिलासँग सम्बन्ध भएको प्रहरीको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रियंकाजस्तै धनुषामा पछिल्लो एक वर्षयता ४ जना महिलाको आफ्न्त र परिवारकै सदस्यबाट हत्या भएको छ । श्रीमान्बाटै ३ जना र साथीबाट १ जनाको ह त्या भएको हो । श्रीमान्–श्रीमतीबीचको सम्बन्ध राम्रो नहुँदा लामो समयसम्म विवाद भई महिलाको ह त्या भएको देखिन्छ । सासुससुरा, श्रीमान्, देवर र चिनजानका व्यक्तिबाट पनि महिलाको ह त्या हुने क्रम बढ्दो छ । पहिले मधेसमा विशेषगरी दाइजोका कारण महिलाको ह त्या हुने गरेको भए पनि पछिल्लो समय भने यौन र विवाहेत्तर सम्बन्ध प्रमुख कारण भएको प्रहरीको दाबी छ ।
महोत्तरीमा केही दिनअघि महिलाको श व सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा फेला पर्यो । लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको ह त्या आरोपमा प्रहरीले माइत पक्षलाई समेत नियन्त्रणमा लिएको छ । सुजिताको ह त्या आरोपमा उनकै बुवा कामेश्वर पाण्डे र देवर रूपेश ठाकुरलगायत प क्रा उ परेका छन् । परपुरुषसँग सम्बन्ध राखेको आरोपमा सुजिताको ह त्या भएको महोत्तरी प्रहरीको अनुसन्धानबाट देखिएको छ ।कान्तिपुर बाट





















Discussion about this post