nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पुजारीको मदिरा पिउने हतारोले चोरी भयो छिन्नमस्ता भगवतीको मुकुट

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २०, २०७८, ११:०९ मध्यान्ह
पुजारीको मदिरा पिउने हतारोले चोरी भयो छिन्नमस्ता भगवतीको मुकुट

मनोहर पोखरेल/सप्तरी/श्रावण २० गते।प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मस्तक (टाउको) आइतबार राति चोरी भयो। जुन ६ दशकअघि गुठीदाता ब्रजनाथ प्याकुरेलले मन्दिरमा चढाएका हुन्। ५ सय ग्राम चाँदीको मस्तकको नाकमा सुनको टीका र नथिया छ। भारतको न्यौर पुगेका पीठाधिश महाकान्त ठाकुरलाई उनका छोरा दीपकले फोनबाट यही महत्वपूर्ण सामान चोरी भएको जानकारी गराए। 

त्यसको खबर पाएर सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसपी राजेन्द्रप्रसाद धमला, सशस्त्रका एसपी राजु श्रेष्ठ घटनास्थल पुगे। मस्तक भारत पुर्‍याउन सक्ने आंकलन गर्दै सीमा क्षेत्र सिल गरियो। व्यापक रूपमा प्रहरी परिचालन भए। स्थानीयदेखि जनप्रतिनिधि हुँदै प्रहरी, प्रशासनका अधिकारी तनावमा परे।

तर, सोमबार बिहान विष्णुपुर गाउँपालिका–५ मझौका २३ वर्षीय राजेशकुमार मण्डलले ठूली आमालाई कोठामा लगेर देवीको मस्तक देखाए। घरपरिवारका सदस्य हुँदै गाउँलेबीच हल्ला फैलिएपछि वडाध्यक्ष जीवछ मण्डल राजेशको घर पुगे। वडाध्यक्ष मण्डलले मस्तक भेटिएको खबर गाउँपालिका अध्यक्ष लिलाम्बर यादव र इलाका प्रहरी विष्णुपुरका असई देबेन्द्र यादवलाई दिए। 

चोरी भएको १२ घण्टाभित्र भगवतीको मस्तकसहित आरोपित राजेश घरमै फेला परे। सुत्ने कोठामै रहेको पूजा गर्ने स्थानबाट मस्तक प्रहरीले बरामद गर्‍यो। राजेश गाउँमै मन्दिर स्थापना गर्न भगवतीको मस्तक ल्याएको भनी बरबराइरहेका थिए। प्रहरीले घटना भएकै राति आठ पुजारीलाई नियन्त्रणमा लिएको थियो। १२–१५ घण्टासम्म सोधपुछ गरेर छाडियो। 

पीठाधिश महाकान्तलगायत मूल पुजारी उमेश ठाकुर छोराको मृत्युका कारण एक सातादेखि आशौच बारिरहेका छन्। त्यस दिनको ड्युटीमा रहेका पुजारी सुनीलकुमार मिश्र आइतबार साँझ पर्नासाथ मन्दिरको ढोका नलगाई होटलतिर छिरे। मन्दिरको मुख्यद्वारमै रहेको होटलमा उनले घरेलु मदिरा पिए। अर्का पुजारी गौरीशंकर ठाकुरले पनि मदिरा पिए। पुजारी श्रवणकुमार ठाकुरले कोरेक्स सेवन गरेको जनाइएको छ। 

मन्दिरसँगै टाँसिएर एक दर्जन मदिरा पसल छन्। ऐतिहासिक महत्वको मन्दिरनजिक दर्जनौं संख्यामा जथाभावी मदिरा व्यवसाय सञ्चालन गर्न दिइएको छ। मन्दिर दर्शन गर्न आउने बहानामा कतिपय भक्तसमेत झुम्मिँदै झगडा गरिरहेका भेटिन्छन्। पुजारीहरूले त नियमित रूपमा मदिरा सेवन गर्ने गरेको छिन्नमस्ता गाउँपालिका–३ का वडाध्यक्ष दीपेन्द्र यादवले बताए। मदिरा ऐन र नियमावलीविपरीत मन्दिरको सौन्दर्य बिगार्ने गरी खुलेका मदिरा, माछा, मासु पसल बन्द गर्न प्रयास गरे पनि नसकिएको यादवको भनाइ छ।  

मदिरा पिउने हतारोले पुजारीहरू त्यस साँझ मन्दिरको ढोका खुलै राखेर होटल गएको पाइएको छ। साँझ ७ बजे मन्दिर प्रवेश गरेका राजेशले भगवतीको मस्तक सहजै निकालेर लगेको अनुसन्धानबाट खुलेको छ। पीठाधिश महाकान्तका अनुसार सीसीटिभी क्यामेरा भने दुई महिनादेखि बिग्रिएको छ। 

राजेश मानसिक रोगी भएकैले सहजै मस्तक फेला परेको उनका छिमेकी श्यामसुन्दर मण्डलले बताए। दाजु रामबाबुका अनुसार राजेश मलेसियाबाट तीन वर्षअघि आएपछि नै मानसिक रूपमा अस्वस्थ्य बनेका हुन्। सुरुमा भारतको दरभंगा र हाल धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनको भनाइ छ।

राजेश मानसिक रोगी भएको रामबाबुको दाबी वडाध्यक्ष जिवछले स्वीकार गरे। राजेशले यसअघि पनि गाउँकै रामजानकी मन्दिरबाट मूर्ति चोरेर घर ल्याएको स्मरण जिवछले गरे। 

सहजै मस्तक फेला परेको भनेर घटनालाई गम्भीरतापूर्वक नलिए ठूलो दुर्घटना हुन सक्ने वडाध्यक्ष यादवको भनाइ छ। ऐतिहासिक पुरातात्विक महत्वको मन्दिरको सुरक्षाप्रति जिम्मेवारी र दायित्व निश्चित हुनुपर्ने उनको भनाइ छ।

अन्नपूर्ण पोस्ट बाट

Tags: सप्तरी

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!