काठमाडौं, ९ भदौं । अगस्ट २४ मा इरानको मुद्राको मूल्य अहिलेसम्मकै न्यून विन्दुमा झरेको छ ।
अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार अनौपचारिक मुद्रा बजारमा कारोबार सुरु हुना साथ रियालको मूल्य प्रति अमेरिकी डलर २० लाख २० हजार मिलियनमा झरेको हो । तथापी, इरानले भने १३ लाख ७४ हजारको दावी गरेको छ।
इरानको केन्द्रीय बैंकले तोकेको आधिकारिक विनिमय दर प्रति डलर करिब १५ लाख रियाल भए पनि अधिकांश इरानीहरूले भने अनौपचारिक दरमै कारोबार गर्ने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ।
इरानलाई घुँडा टेकाउने उद्देश्यले अमेरिकाले नयाँ प्रतिबन्धहरूको घोषणा गर्ने तयारी गरिरहेकै बेला यो घटनाक्रम अघि बढेको हो। अमेरिकाले ती प्रतिबन्धहरू घोषणा गरिने दिन अर्थात् अगस्ट २४ लाई ‘इकोनोमिक डी डे’को संज्ञा दिएको छ। अमेरिकाका अनुसार यी कदमहरूले इरानको अर्थतन्त्रमा थप दबाब सिर्जना गर्नेछन् जबकी विद्यमान प्रतिबन्धहरू र अमेरिकी नौसैनिक नाकाबन्दीका कारण उक्त अर्थतन्त्र पहिले नै निकै कमजोर अवस्थामा रहदैँ आएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरान माथि आक्रमण गर्नु अघि नै रियाल दबाबमा थियो। त्यसबेला मुद्रास्फीति दोहोरो अंकमा थियो र आर्थिक वृद्धिदर नकारात्मक थियो। यद्यपि, करिब ६ महिना लामो युद्धका कारण अवस्था अझ बिग्रिएको छ र मुद्राको मूल्य नयाँ न्यून विन्दुमा पुगेको छ।
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानबाट कुनै पनि किसिमको सहुलियत वा छुट हासिल गर्न असफल भएका छन्। इरानले महत्त्वपूर्ण समुद्री मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’ भएर हुने जल परिवहन माथि कडा नियन्त्रण कायम राखेको छ। तनाव वा द्वन्द्व सुरु हुनु अघि विश्वको कुल तेल व्यापारको पाँचौं भाग यसै क्षेत्र भएर हुने गर्थ्यो । तर, द्वन्द्वको अवधिमा इरानका आक्रमण र धम्कीहरूले यो आपूर्ति प्रवाहलाई नराम्ररी अवरुद्ध पारेका छन्।
इरानको दृढ अडानलाई कमजोर पार्ने प्रयास स्वरूप अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार हाल लागू भइरहेका भन्दा पनि कडा प्रतिबन्धहरूको घोषणा गरिने प्रतिबद्धता जनाएका छन्। यसमा इरानसँग व्यापार जारी राख्ने देशहरू माथि लगाइने प्रतिबन्धहरू पनि समावेश हुनेछन्।
भर्खरै गत हप्ता संयुक्त अरब इमिरेट्स (युएई) ले इरानसँगको सम्पूर्ण व्यापार रोक्ने घोषणा गरेको थियो। उक्त घोषणा हुनु भन्दा एक दिन अघि ट्रम्पले युएईका नेता शेख मोहम्मद बिन जायद अल नाह्यानसँग कुराकानी गरेका थिए।
तथापी, ओमानका विदेशमन्त्री महत्त्वपूर्ण जलमार्गसम्बन्धी वार्ताका लागि आज इरानको भ्रमणमा निस्कदैँ छन् । इरानको राज्य नियन्त्रित ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ले चेतावनी दिएको छ कि उक्त जलमार्गमा आवागमन सम्बन्धी नियम उल्लङ्घन गर्ने जहाजहरूले नियन्त्रणमा लिइने वा जफत गरिने लगायतका कारबाहीको सामना गरिने सम्भावना कायमै रहेको छ ।















Discussion about this post