nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा शतप्रतिशत धान रोपाइँ, ९०० बिघा डुबानमा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १९, २०७८, ७:४५ मध्यान्ह
सप्तरीमा शतप्रतिशत धान रोपाइँ, ९०० बिघा डुबानमा

सप्तरी/श्रावण १९ गते ।यस वर्ष मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष उचित समयमा वर्षा भएकाले शतप्रतिशत धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ ।

जिल्लाको उत्तरी भेगमा चुरे जङ्गल र बाँझो जमिन हुने भएकाले त्यस ठाउँमा धानखेती गर्न गाह्रो हुने गरेको छ । केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले जिल्लाको १८ वटै स्थानीय तहमा धानखेती भएको भन्दै समयमा वर्षा भएका कारण शतप्रतिशत धान रोपाइँ भएको बताए ।

यस वर्ष विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण ९०० बिघा जग्गामा रोपाइँ गरिएको धान डुबानमा परेको छ भने २०० बिघा जग्गाका कटानसमेत भएको उनले जानकारी दिए । ‘सधैं आकाशे पानीबाट निर्भर रहेको यस वर्ष समयमा वर्षा भएको र पानीसँगै विभिन्न नदी र खोलामा आएको बाढीका कारण ६०० हेक्टर जग्गा डुबान भएर क्षतिसमेत भएको छ,’ उनले भने ।

सप्तरीका तिलाठी कोइलाडी, बलानबिहुल र तिरहुत गाउँपालिका तथा कञ्चनरुप र सप्तकोशी नगरपालिकामा लगाइएको धानबाली डुबानबाट क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त ठाउँमा बाढीले केही धानखेत कटानसमेत गरेको छ । यस वर्ष करिब ९९ हजार बिघा जग्गामा धान रोपाइँ गरिएको र धान उत्पादनसमेत बढ्ने केन्द्रका प्रमुख यादवले बताए ।

यसरी नै समयमा वर्षा भइरहे उब्जनीसमेत राम्रो हुने उनको भनाइ छ । सप्तरी जिल्लामा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार हेक्टर गरी कुल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ५९ हजार २५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको छ । जिल्लामा रहेको नेपालकै पुरानो चन्द्रनहरको उचित व्यवस्थापन नगरेकाले आकाशे पानीको भरमा यहाँ खेती हुने गरेको छ । साथै सानासाना नहरसमेत मर्मत नहुँदा सप्तरी जिल्लामा सिँचाइ सुविधाबाट किसान बञ्चित रहेको जनाइएको छ ।

हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीका किसान लाल माझीले जिल्लामा रहेको कोशी ब्यारेजबाट निस्केको पश्चिमी नहर र चन्द्रनहरमा धान र गहुँखेतीको समयमा पानी सुविधा पुर्‍याउन नसकिएका कारण खेती गर्न कठिनाइ हुने गरेको गुनासो गरे । खासगरी वर्षाकै भरमा हामी खेती गर्दै आएको बताउँदै यी नहरलाई मर्मतसम्भार र समयमा पानी नदिएका कारण खेतीपातीमा ह्रास आउन थालेको कृषकको भनाइ छ ।

नेपालमा कुल धान उत्पादनको ४० प्रतिशत उत्पादन प्रदेश २ मा हुँदै आएको छ । गत वर्ष प्रदेशमा १४ लाख २० हजार ४३६ टन धान उत्पादन भएको भूमि व्यवस्था तथा कृषि मन्त्रालयले जनाएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!