nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

न्यायका लागि पुगेका महिला अधिकारकर्मीमाथि सामूहिक आक्रमण, दोषीमाथि कारबाही गर्न माग

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १२, २०८३, ७:५५ बिहान
न्यायका लागि पुगेका महिला अधिकारकर्मीमाथि सामूहिक आक्रमण, दोषीमाथि कारबाही गर्न माग

जनकपुरधाम/मंसिर ११ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा हिंसापीडित महिलालाई न्याय दिलाउने प्रक्रियामा सहजीकरण गर्न पुगेका महिला मानव अधिकार रक्षक तथा उनीहरूसँगै रहेका कर्मचारीमाथि सामूहिक आक्रमण भएको भन्दै महिला मानव अधिकार रक्षकहरूको मधेश प्रदेश सञ्जालले घटनाको घोर निन्दा गरेको छ।

महिला मानव अधिकार रक्षकहरूको प्रदेश सञ्जाल (PAWHRD) ले संयुक्त पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न आक्रमणकारीमाथि निष्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको हो।

पत्रकार सम्मेलन मार्फत जारी गरिएको प्रेस विज्ञप्ती अनुसार हिंसापीडित एक महिलालाई न्याय दिलाउने प्रक्रियामा सहजीकरण गर्न प्रहरीसँगै घटनास्थल पुगेका महिला मानव अधिकार रक्षक तथा अन्य कर्मचारीमाथि निर्घात कुटपिट, बलात्कारको प्रयास, लुटपाट र ज्यान मार्ने धम्की दिइएको थियो।

अन्तर्जातीय प्रेम सम्बन्धका कारण परिवार तथा समाजबाट विभेद र हिंसा भोग्न बाध्य भएकी महिलालाई न्याय दिलाउने क्रममा प्रहरीको अनुरोध र समन्वयमा घटनास्थल पुगेका अधिकारकर्मी तथा कर्मचारीमाथि करिब १५० जनाको समूहले धारिलो हतियार देखाउँदै आक्रमण गरेको प्रेस विज्ञप्तिमा छ।

आक्रमणकारीहरूले कपडा च्यात्ने, गरगहना लुटपाट गर्ने र ज्यान मार्ने धम्की दिने कार्यसमेत गरेको जनाइएको छ। घटनाका कारण राज्यको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको भन्दै विज्ञप्तिमा प्रहरी चौकीभित्रै समेत पुनः हातपात भएको उल्लेख गरिएको छ। घटनामा अन्य दुई जना कर्मचारी गम्भीर घाइते भई उपचाररत रहेको पनि विज्ञप्तिमा जनाइएको छ।

सञ्जालले उक्त घटनालाई केही व्यक्तिमाथिको आक्रमणमा मात्र सीमित नरही महिला अधिकार, मानव अधिकार, न्यायमा पहुँच, नागरिक समाजको स्वतन्त्र भूमिका तथा विधिको शासनमाथिको प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गरेको छ।

न्यायका लागि आवाज उठाउने महिला मानव अधिकार रक्षकहरू नै असुरक्षित हुने अवस्था लोकतान्त्रिक समाजका लागि गम्भीर चुनौती भएको विज्ञप्तिमा उल्लेख छ। यस्ता आक्रमणले अधिकारकर्मीलाई निरुत्साहित बनाउनुका साथै हिंसापीडित महिलालाई न्यायबाट विमुख गराउने र दण्डहीनतालाई प्रश्रय दिने जोखिम बढाएको सञ्जालको ठहर छ।

महिला मानव अधिकार रक्षकहरूको मधेश प्रदेश सञ्जालले नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, प्रहरी प्रधान कार्यालय, मधेश प्रदेश सरकार तथा सम्बन्धित निकायसमक्ष सातबुँदे माग अघि सारेको छ।

घटनामा संलग्न आक्रमणकारी, योजनाकार तथा मतियारहरूको तत्काल निष्पक्ष अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न र कुनै पनि राजनीतिक वा सामाजिक दबाबमा अनुसन्धान प्रभावित हुन नदिन,घाइते कर्मचारी तथा अधिकारकर्मीहरूको निःशुल्क उपचार, मनोसामाजिक सहयोग र सुरक्षा सुनिश्चित गर्न तथा लुटिएका गरगहना र सम्पत्तिको क्षतिपूर्तिका लागि पहल गर्न माग गरिएको छ।

त्यस्तै न्यायिक प्रक्रियामा रहेकी हिंसापीडित महिला र उनका बच्चाको जीवन, सुरक्षा, गोपनीयता तथा मर्यादा सुनिश्चित गर्दै रोकिएको न्यायिक प्रक्रियालाई तत्काल अगाडि बढाउन आग्रह गरिएको छ।

प्रहरीकै समन्वयमा पुगेका महिला मानव अधिकार रक्षकहरू सुरक्षित हुन नसकेको र प्रहरी चौकीभित्रै पुनः आक्रमण भएको घटनामा प्रहरी प्रशासनको भूमिकाबारे निष्पक्ष छानबिन गर्न माग,महिला तथा मानव अधिकार रक्षकहरूले धम्की, हिंसा र प्रतिशोधको भयबिना आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नुपर्ने माग गरिएको छ।

हिंसापीडित महिलाको व्यक्तिगत विवरण तथा संवेदनशील सूचनाको गोपनीयता कायम राख्दै सूचना चुहावट र दुरुपयोग तत्काल रोक्न आग्रह गरिएको छ।

घटनाको सूक्ष्म अनुसन्धान गरी न्याय सुनिश्चित गर्न आवश्यक पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेशसमक्ष अनुरोध गरिएको छ।

यसैगरी, मधेश प्रदेश सरकारलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयसँग समन्वय गरी महिला मानव अधिकार रक्षकहरूको सुरक्षा नीति निर्माण तथा क्षमता अभिवृद्धिसम्बन्धी तालिमको व्यवस्था गर्न पनि माग गरिएको छ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comमधेस प्रदेश खबरसमाचार

Discussion about this post

Related Posts

मिर्चैयाको जग्गा विवाद समाधान गर्न भूमि व्यवस्था मन्त्री रावलको चासो

मिर्चैयाको जग्गा विवाद समाधान गर्न भूमि व्यवस्था मन्त्री रावलको चासो

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

धनुषामा मोटरसाइकल अनियन्त्रित भएर विद्युत् पोलमा ठोक्किँदा ३५ वर्षीय चालकको मृत्यु

किसानका समस्या र शिक्षा सुधारका सवाल उठाउँदै सप्तरीबाट सुरु भयो ‘हुंकार हुलाकी यात्रा’

किसानका समस्या र शिक्षा सुधारका सवाल उठाउँदै सप्तरीबाट सुरु भयो ‘हुंकार हुलाकी यात्रा’

‘कमन कोल्ड’ बाट जाडोमा बालबालिकालाई कसरी जोगाउने

सातै प्रदेशमा खटिए ८३८ विशेषज्ञ चिकित्सक, अब ठुला सहर धाउनुपर्ने बाध्यता हट्ने

राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा

राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा

अरविन्द केजरीवालको पूर्वनिवास शिशमहल सर्वसाधारणका लागि खुल्यो

अरविन्द केजरीवालको पूर्वनिवास शिशमहल सर्वसाधारणका लागि खुल्यो

विपक्षी दलका नेता आङ्देम्बेले भने- सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लेऊ

विपक्षी दलका नेता आङ्देम्बेले भने- सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लेऊ

वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने खेलाउने १२ जना नेपाली पक्राउ

वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने खेलाउने १२ जना नेपाली पक्राउ

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

शाहरूखकाे ‘किङ’ चलचित्र ३ घण्टा १७ मिनेट लामो हुने

शाहरूखकाे ‘किङ’ चलचित्र ३ घण्टा १७ मिनेट लामो हुने

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि