nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शाहरूखकाे ‘किङ’ चलचित्र ३ घण्टा १७ मिनेट लामो हुने

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ११, २०८३, ९:३५ मध्यान्ह
शाहरूखकाे ‘किङ’ चलचित्र ३ घण्टा १७ मिनेट लामो हुने

मुम्बई, ११ मङ्सिर । शाहरुख खानको ‘किङ’ लाई लिएर उत्साह दिन प्रतिदिन बढ्दै गइरहेको छ।

यसै साताको सुरुमा निकै प्रतीक्षा गरिएको यो एक्सन मनोरञ्जनात्मक चलचित्रको अवधि २ घण्टा ३५ मिनेट हुने चर्चा चलेको थियो। तर अमेरिकी चलचित्र टिकटिङ वेबसाइट ‘फ्यानड्याङ्गो’ का अनुसार सिद्धार्थ आनन्दको निर्देशनमा बन्ने यो चलचित्रको अवधि ३ घण्टा १७ मिनेट तोकिएको छ।

यदि यो अवधि नै अन्तिम हो भने ‘किङ’ विगत २० वर्षयता तीन घण्टाभन्दा लामो अवधिको शाहरुख खानको पहिलो ठूलो चलचित्र बन्नेछ। यसअघि सन् २००६ मा करण जोहरद्वारा निर्देशित ‘कभी अलविदा ना कहना’ मा शाहरुख खानको तीन घण्टाभन्दा लामो चलचित्र प्रदर्शनमा आएको थियो।

रोचक कुरा के हो भने कुनै समय यस्तो थियो, जब शाहरुख खान नियमित रूपमा तीन घण्टाभन्दा लामो अवधि भएका चलचित्रमा देखिन्थे। सन् २००० देखि २००६ बीच उनका धेरै अविस्मरणीय चलचित्र जस्तै ‘मोहब्बतें’ (२०००), ‘कभी खुसी कभी गम’ (२००१), ‘देवदास’ (२००२), ‘कल हो ना हो’ (२००३), ‘वीर-जारा’ (२००४) र ‘स्वदेश’ (२००४)को अवधि निकै लामो थियो। ३ घण्टा ३५ मिनेट लामो ‘मोहब्बतें’ उनको शानदार करियरका सबैभन्दा लामो चलचित्रमध्ये एक हो।

तर समय परिवर्तनसँगै चलचित्र निर्मातामा यो धारणा बलियो हुँदै गयो कि दर्शक छोटो र चुस्त चलचित्र रुचाउँछन्। रोचक पक्ष के छ भने शाहरुख खानकै ‘जब तक है जान’ (२०१२) र ‘ह्याप्पी न्यु इयर’ (२०१४) पनि तीन घण्टाको सीमाभन्दा थोरै मात्र कम थिए। उनका हालैका सुपरहिट चलचित्र ‘पठान’ (२०२३) र ‘जवान’ (२०२३) को अवधि क्रमशः २ घण्टा २६ मिनेट र २ घण्टा ४९ मिनेट थियो।

तर परिस्थिति फेरि उही पुरानो मोडमा फर्किएको देखिन्छ। ‘एनिमल’, ‘पुष्पा २’ र ‘धुरन्धर’ जस्ता लामो अवधिका चलचित्रले बक्स अफिसमा हासिल गरेको अभूतपूर्व सफलताले आधुनिक दर्शकको ध्यान केन्द्रित गर्ने क्षमता कम हुन्छ भन्ने धारणालाई चुनौती दिएको छ। यस अर्थमा कथावस्तुले माग गर्छ भने ‘किङ’ जस्तो ठूलो मनोरञ्जनात्मक चलचित्रको अवधि तीन घण्टाभन्दा बढी हुनु एकदमै स्वाभाविक देखिन्छ। लामो अवधिले निर्मातालाई चलचित्रका विभिन्न कलाकार, एक्सन दृश्य र भावनात्मक पक्षलाई न्याय गर्न पर्याप्त अवसर पनि प्रदान गर्छ।

अब हेर्न बाँकी छ कि ‘सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन’ बाट ‘किङ’ प्रमाणित हुँदा ‘फ्यानड्याङ्गो’ मा उल्लेख गरिएको अवधि कायम रहन्छ वा रहँदैन। यो चलचित्र सन् २०२६ डिसेम्बर २४ मा सिनेमाघरमा प्रदर्शन हुने तालिका छ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comमनोरञ्जन समाचारसमाचार

Discussion about this post

Related Posts

मिर्चैयाको जग्गा विवाद समाधान गर्न भूमि व्यवस्था मन्त्री रावलको चासो

मिर्चैयाको जग्गा विवाद समाधान गर्न भूमि व्यवस्था मन्त्री रावलको चासो

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

धनुषामा मोटरसाइकल अनियन्त्रित भएर विद्युत् पोलमा ठोक्किँदा ३५ वर्षीय चालकको मृत्यु

किसानका समस्या र शिक्षा सुधारका सवाल उठाउँदै सप्तरीबाट सुरु भयो ‘हुंकार हुलाकी यात्रा’

किसानका समस्या र शिक्षा सुधारका सवाल उठाउँदै सप्तरीबाट सुरु भयो ‘हुंकार हुलाकी यात्रा’

‘कमन कोल्ड’ बाट जाडोमा बालबालिकालाई कसरी जोगाउने

सातै प्रदेशमा खटिए ८३८ विशेषज्ञ चिकित्सक, अब ठुला सहर धाउनुपर्ने बाध्यता हट्ने

राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा

राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा

अरविन्द केजरीवालको पूर्वनिवास शिशमहल सर्वसाधारणका लागि खुल्यो

अरविन्द केजरीवालको पूर्वनिवास शिशमहल सर्वसाधारणका लागि खुल्यो

विपक्षी दलका नेता आङ्देम्बेले भने- सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लेऊ

विपक्षी दलका नेता आङ्देम्बेले भने- सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लेऊ

वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने खेलाउने १२ जना नेपाली पक्राउ

वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने खेलाउने १२ जना नेपाली पक्राउ

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

बालविवाह अन्त्यका लागि मधेश प्रदेशको १० वर्षे रणनीतिक योजनाको समीक्षा तथा अन्तरसंवाद सम्पन्न

बालविवाह अन्त्यका लागि मधेश प्रदेशको १० वर्षे रणनीतिक योजनाको समीक्षा तथा अन्तरसंवाद सम्पन्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि