जनकपुरधाम/असोज २६ गते। एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम (युवा समूह–५७) को बैठक अध्यक्ष श्री मनिष झा श्रीओमको अध्यक्षतामा आइतबार जनकपुरधाममा सम्पन्न भएको छ।
बैठकले चाडपर्वको शुभकामना आदानप्रदान गर्नुका साथै मानव अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन, राष्ट्रिय साधारण सभामा प्रतिनिधि चयन तथा आगामी अभियानमा सहभागितालगायतका महत्वपूर्ण निर्णयहरू सर्वसम्मतिले पारित गरेको छ।
बैठकको प्रारम्भमा बडादशैँ, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् २०८३ को सुखद अवसरमा उपस्थित सदस्य तथा महानुभावहरूबीच आपसी सद्भाव, सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना आदानप्रदान गरिएको थियो।
बैठकका प्रमुख निर्णयहरू
केन्द्रीय साधारण सभामा प्रतिनिधि चयन
एम्नेस्टी इन्टरनेशनल नेपाल सेक्सनको ३५औँ केन्द्रीय साधारण सभा आगामी मङ्सिर ११ र १२ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने सन्दर्भमा जनकपुरधाम युवा समूह–५७ बाट अध्यक्ष श्री मनिष झा श्रीओमलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय सर्वसम्मतिले पारित गरिएको छ।
राइट फर राइट्स’ अभियानमा सहभागिता
मानव अधिकार संरक्षण तथा प्रवर्द्धनका लागि एम्नेस्टी इन्टरनेशनल नेपाल सेक्सनद्वारा बागमती प्रदेशको हेटौँडामा आयोजना हुन गइरहेको ‘राइट फर राइट्स’ (Write for Rights) अभियान–२०८३ अन्तर्गतको कार्यशालामा समूहको प्रतिनिधित्व गर्दै सदस्य श्री उदयचन्द्र यादवलाई सहभागी गराउने निर्णय गरिएको छ। सम्पन्न कार्यक्रमहरूको समीक्षा तथा सहयोगीप्रति आभार व्य्क्त गरिएको छ।
बैठकमा यसअघि सम्पन्न भएका विभिन्न कार्यक्रमहरूको समीक्षा गरिएको थियो। विशेषगरी, ‘अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको दिवस–२०२६’ तथा ‘जेनजी स्मृति दिवस’ का अवसरमा आयोजित कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा सहयोगी महानुभावहरूप्रति धन्यवाद ज्ञापन गरिएको थियो।
४. मानव अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय
स्थानीय स्तरमा मानव अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा मानव अधिकार संरक्षण र प्रवर्द्धनका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले आगामी छठ पर्वपछि २०८३ सालभित्र मानव अधिकारसम्बन्धी कार्यक्रम (Human Rights Programme) सञ्चालन गर्ने निर्णय गरिएको छ।
उक्त कार्यक्रमको तयारी, समन्वय तथा सञ्चालनका लागि संस्थाकी उपसंयोजक श्रीमती उर्मिला यादवलाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
मानव अधिकार संरक्षणमा सक्रिय रहने प्रतिबद्धता
बैठकले मानव अधिकारका आधारभूत मूल्य, मान्यता र सिद्धान्तको संरक्षण गर्दै स्थानीय समुदायमा मानव अधिकारसम्बन्धी सचेतना विस्तार गर्न संस्थाका गतिविधिहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
साथै, आगामी दिनमा संस्थागत एकता, आपसी सहकार्य र सदस्यहरूको सक्रिय सहभागितामार्फत मानव अधिकार उल्लङ्घनका घटनाविरुद्ध आवाज उठाउने तथा मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
बैठकले पारित गरेका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ ले आगामी दिनमा समेत मानव अधिकारसम्बन्धी अभियान तथा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
















Discussion about this post