जनकपुरधाम/असोज २० गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ तलाउ पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मंगलबार बिहान करिब ९ः४५ बजे पोखरीमा हाल नामथर र वतन नखुलेका अन्दाजी ५०/५५ वर्षीय पुरुष मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले मृतकको शव पोखरीबाट बाहिर निकाली आवश्यक मुचुल्का सम्पन्न गरेको जनाएको छ। शव परीक्षण का लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post