nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्पदंशबाट बसिरको मृत्यु भएपछि परिवारको बिचल्ली

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज १९, २०८३, ९:०३ मध्यान्ह
सर्पदंशबाट बसिरको मृत्यु भएपछि परिवारको बिचल्ली

असोज १९ गते । रातको समय थियो । सबै जना सुतिरहनु भएको थियो । अचानक मो. बसिर चिच्याउनु भयो । परिवारका सदस्य झसङ्ग हुँदै उठेपछि ओछ्यानबाट एउटा सर्प भाग्दै गरेको दृश्य देखियो । त्यसपछि सुरु भयो उपचारका लागि दौडधुप । तर, मोटरसाइकलको व्यवस्था गर्दागर्दै बितेको करिब आधा घण्टाले ३८ वर्षीय बसिरको जीवन खोसिसकेको थियो ।

विषालु करेत सर्पले डसेका बसिरलाई करिब सात किलोमिटर टाढा रहेको कञ्चनपुर अस्पताल लगिए पनि त्यहाँ पुग्नुअघि नै उहाँको मृत्यु भइसकेको थियो ।

आठ दिनअघि भएको यो घटनाले सप्तरीको कञ्चनरुप नगरपालिका ९, रघुनाथपुरस्थित एउटा विपन्न परिवारलाई शोकमा मात्र डुबाएको छैन, छ नाबालक सन्तानको भविष्य समेत अन्योलमा पारिदिएको छ ।

सम्झनामा श्रीमान् , आँखामा आँसु

“सुतेकै ठाउँमा करेतले पिठ्युँमा टोकेको थियो । टोकेको ठाउँमा रगतसमेत देखिएको थियो” श्रीमानको मृत्यु सम्झँदै ३२ वर्षीया खैरुल खातुनले आफ्नो पीडा सुनाउनुभयो ।

केही समय अघिसम्म परिवारको दैनिक गुजारा चलाउन अर्काको घर र खेतबारीमा ज्याला मजदुरी गर्ने श्रीमान् नै मुख्य सहारा सधैंका लागि गुमेपछि अहिले खैरुल सहित उहाँका छ सन्तानको बिचल्ली भएको छ ।

खैरुलसँगै १५ वर्षीया आसमा, १३ वर्षीया मरियम, ११ वर्षीया नाजो, आठ वर्षीया इलिना, छ वर्षीया फतमा र चार वर्षीय छोरा बेसहारा मात्र भएका छैनन्, ऐलानी जग्गामा टिनको छानो भएको सानो झुप्रोमा बस्दै आएको परिवारका लागि अहिले दुई छाक खानु नै सबैभन्दा ठूलो चुनौती बनेको हो ।

“मागेर ल्याएको खानेकुराले अहिले आफू र छोराछोरीको पेट पालिरहेकी छु” खैरुलले भन्नुभयो । स्थानीय समाजसेवी मो। उमरका अनुसार बसिरको परिवार अत्यन्त विपन्न अवस्थामा छ । कमाउने एकमात्र सदस्यको मृत्यु भएपछि परिवारको अवस्था झन् दयनीय बनेको उहाँले सुनाउनुभयो ।

बाबु गुमेपछि विद्यालय पनि छुट्यो

बाबुको मृत्यु भएपछि बसिरका छ वटै सन्तानले पढाइ छाड्नु भएको छ । उहाँहरु टोलकै मदरसामा अध्ययन गर्दै आउनुभएको थियो । अहिले किताब–कापी भन्दा पनि उहाँहरुका लागि दैनिक खानाको चिन्ता ठुलो बनेको छ ।

छोरीहरुलाई पढाएर केही बनाउने र छोराको भविष्य सुरक्षित गर्ने सपना बोक्नु भएकी खैरुललाई अहिले त्यो सपना कसरी पूरा गर्ने भन्ने चिन्ताले सताएको छ ।

सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी खैरुलले छोराको आशमा पाँच छोरीपछि छैटौं सन्तानका रुपमा छोरा पाउनुभयो । छोरा नसिर जन्मिएपछि घरमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समय टिक्न सकेन ।

“पाँच छोरीपछि छोरा जन्मिँदा घरमा खुसी छाएको थियो । अहिले श्रीमानको मृत्युपछि पुरै परिवार शोकमा डुबेको छ, बालबच्चाको भविष्य सम्झदा डर लाग्छ,” उहाँले भन्नुभयो ।

भविष्यको चिन्ता उस्तै

पीडित परिवारको अवस्थाबारे जानकारी पाएपछि स्थानीय समाजसेवी उमरले सहयोगका लागि पहल थाल्नु भएको छ । उहाँको पहलमा विराटनगरस्थित पारस अस्पतालले करिब तीन महिनासम्म पुग्ने खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।

अस्पतालका डा. मो. सफिउर रहमानको नेतृत्वमा आएको टोली पीडित परिवारको घरमै पुगेर खाद्यान्न हस्तान्तरण गर्नुभएको हो । राहत दिदै डा. रहमानले परिवारका सदस्य बिरामी परेमा पाँच वर्षसम्म आफ्नो अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने घोषणा गर्नुभयो । तर, केही महिनाको खाद्यान्नले मात्र यो परिवारको भविष्य सुरक्षित हुने अवस्था छैन । खैरुलका लागि अब आफ्ना छ सन्तानको पेट भर्नु, पढाइलाई निरन्तरता दिनु र उहाँहरूलाई सुरक्षित भविष्य दिनु सबैभन्दा ठूलो चुनौती बनेको छ ।

“अब म पनि अर्काको घर र खेतबारीमा मजदुरी गर्छु । तर, छ जना बच्चालाई कसरी पाल्ने, कसरी पढाउने ?” खैरुलले प्रश्न गर्दै सहयोगका लागि याचना समेत गर्नुभयो । गोरखापत्र बाट

Tags: सप्तरी खबरसमाचार

Discussion about this post

Related Posts

रौतहटमा अलपत्र ४२ भारतीय कामदारको उद्धार, स्वदेश पठाइयो

रौतहटमा अलपत्र ४२ भारतीय कामदारको उद्धार, स्वदेश पठाइयो

धनुषामा जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र

धनुषामा जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र

दश वर्षपछि घर फर्किए शिवकुमार, प्रहरीले अभिभावकको जिम्मा लगायो

दश वर्षपछि घर फर्किए शिवकुमार, प्रहरीले अभिभावकको जिम्मा लगायो

जानकी मन्दिरको फाउन्टेन बिग्रिएर अलपत्र, मर्मतमा छैन चासो

जानकी मन्दिरको फाउन्टेन बिग्रिएर अलपत्र, मर्मतमा छैन चासो

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

नेकपा परित्याग गरी झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा

नेकपा परित्याग गरी झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

जनकपुरधाममा २० वर्षीया विवाहित महिला मृत फेला, श्रीमान् नियन्त्रणमा

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

नेपालबाट हराएका दुई बालिका नयाँ दिल्लीमा फेला, सकुशल उद्धार

नेपालबाट हराएका दुई बालिका नयाँ दिल्लीमा फेला, सकुशल उद्धार

निखिलको ‘आचार्य’ भन्दा दिव्यदेवको ‘बा एक योद्धा’ को कमाइ बढी

निखिलको ‘आचार्य’ भन्दा दिव्यदेवको ‘बा एक योद्धा’ को कमाइ बढी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि