nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज १९, २०८३, ८:५० मध्यान्ह
सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं, असोज १९ । प्रदेश तहका सञ्चारसम्बन्धी निकायका प्रमुख तथा प्रेस रजिष्ट्रारहरूले संघीयताको मर्मअनुकूल हुने गरी मिडिया कानुन निर्माण गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनासमक्ष संयुक्त सुझावपत्र बुझाएका छन्।

नेपालको संविधान २०७२ को धारा २३२ को व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध तथा अधिकार क्षेत्रलाई ध्यानमा राख्दै संघीयतामैत्री मिडिया कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै प्रदेशका सञ्चार नेतृत्वले सुझावपत्र बुझाएका हुन्।

सुझावपत्र मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, कोशी प्रदेशका प्रेस रजिष्ट्रार लिला भट्टराईलगायतले संयुक्त रूपमा मन्त्री तिमिल्सिनालाई हस्तान्तरण गरेका हुन्।

प्रदेशका सञ्चारसम्बन्धी निकायका प्रमुखहरूले प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक तथा प्रेस काउन्सिल ऐनलाई संशोधन गरी मुलुकको संघीय संरचनाअनुकूल बनाउनुपर्ने बताएका छन्।

सुझावपत्रमा सञ्चार क्षेत्रका केन्द्रीय नियामक निकाय तथा विभिन्न काउन्सिल गठन गर्दा सातै प्रदेशको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै सञ्चारसम्बन्धी काम, कर्तव्य र अधिकारलाई प्रदेश तहसम्म स्पष्ट रूपमा विकेन्द्रीकरण गर्नुपर्ने सुझाव दिइएको छ।

प्रदेशका नियामक निकायलाई पत्रपत्रिका दर्ता तथा अभिलेखीकरण, अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण र आमसञ्चारमाध्यमको वर्गीकरण गर्ने अधिकार दिनुपर्ने माग पनि सुझावपत्रमा गरिएको छ।

त्यसैगरी आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी प्रदेशस्तरमै दर्ता तथा छानबिन गर्न सकिने व्यवस्था गर्नुपर्ने र प्रदेश संयोजकलाई आचारसंहिता कार्यान्वयन, उजुरी छानबिन तथा मेलमिलाप गराउने कानुनी अधिकार प्रदान गर्नुपर्ने सुझाव दिइएको छ।

प्रदेशस्तरमै पत्रकार कल्याण कोष सञ्चालन, वरिष्ठ पत्रकारको मापदण्ड निर्धारण तथा ज्येष्ठ पत्रकार पेन्सन सुविधा कार्यान्वयनको व्यवस्था गर्नुपर्नेमा पनि प्रदेशका सञ्चार नेतृत्वले जोड दिएका छन्।

मिडिया तथा पत्रकारसम्बन्धी विषयलाई फौजदारी कानुन वा कठोर सजायको व्यवस्थाभन्दा देवानी कार्यविधिअन्तर्गत नियमन गर्नुपर्ने र सामाजिक सञ्जाल प्रयोगकर्ता तथा पेसागत पत्रकारबीच स्पष्ट कानुनी भिन्नता कायम गर्नुपर्ने सुझावसमेत उनीहरूले दिएका छन्।

सुझावपत्र बुझ्दै मन्त्री तिमिल्सिनाले प्रदेशका सञ्चार निकायबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा लिएको बताउँदै मिडिया कानुनलाई थप समावेशी, व्यवहारिक र संघीयताको मर्मअनुकूल बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

रौतहटमा अलपत्र ४२ भारतीय कामदारको उद्धार, स्वदेश पठाइयो

रौतहटमा अलपत्र ४२ भारतीय कामदारको उद्धार, स्वदेश पठाइयो

धनुषामा जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र

धनुषामा जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र

दश वर्षपछि घर फर्किए शिवकुमार, प्रहरीले अभिभावकको जिम्मा लगायो

दश वर्षपछि घर फर्किए शिवकुमार, प्रहरीले अभिभावकको जिम्मा लगायो

सर्पदंशबाट बसिरको मृत्यु भएपछि परिवारको बिचल्ली

सर्पदंशबाट बसिरको मृत्यु भएपछि परिवारको बिचल्ली

जानकी मन्दिरको फाउन्टेन बिग्रिएर अलपत्र, मर्मतमा छैन चासो

जानकी मन्दिरको फाउन्टेन बिग्रिएर अलपत्र, मर्मतमा छैन चासो

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

नेकपा परित्याग गरी झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा

नेकपा परित्याग गरी झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

जनकपुरधाममा २० वर्षीया विवाहित महिला मृत फेला, श्रीमान् नियन्त्रणमा

नेपालबाट हराएका दुई बालिका नयाँ दिल्लीमा फेला, सकुशल उद्धार

नेपालबाट हराएका दुई बालिका नयाँ दिल्लीमा फेला, सकुशल उद्धार

निखिलको ‘आचार्य’ भन्दा दिव्यदेवको ‘बा एक योद्धा’ को कमाइ बढी

निखिलको ‘आचार्य’ भन्दा दिव्यदेवको ‘बा एक योद्धा’ को कमाइ बढी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि