nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १९, २०८३, २:०८ मध्यान्ह
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

default

काठमाडौं/असाेज १९ गते। नेपाली कांग्रेसका सभापति गगन थापाले देश, लोकतन्त्र र कांग्रेसको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण सार्वजनिक गर्ने भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने बन्दसत्रमा थापाले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दशकका लागि पार्टीको वैचारिक, राजनीतिक, संगठनात्मक र राष्ट्रिय कार्यदिशा अघि सार्न लागेका हुन्।

थापाको प्रतिवेदनमा ऐतिहासिक आत्मसमीक्षा र वर्तमान राष्ट्रिय परिवेश, कांग्रेसको पहिचान र राष्ट्रिय दायित्व, वैचारिक दिशा तथा नवीकरण र समुन्नत नेपालको अवधारणा तथा कार्यप्रणालीलाई मुख्य आधार बनाइएको छ।

प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक यात्रा, प्राप्त उपलब्धि र अझै पूरा हुन बाँकी दायित्वको समीक्षा गरिएको छ। विगतका राजनीतिक संघर्ष र उपलब्धिबाट सिक्नुपर्ने पाठसँगै १५औँ महाधिवेशनले आगामी चार वर्षको नेतृत्व र त्यसपछिको राजनीतिक दिशाका लागि लिनुपर्ने दायित्वलाई समेत प्रतिवेदनमा जोड दिइएको छ।

थापाले पछिल्लो समय कांग्रेसमा देखिएको सत्ता–केन्द्रित राजनीति, संगठनात्मक कमजोरी र युवा पुस्तासँग बढेको दूरीलाई पनि आत्मसमीक्षाको विषय बनाएका छन्। निर्वाचनमा भएको पराजय र पछिल्ला दुई दशकको राजनीतिक अभ्यासको समीक्षा गर्दै परिवर्तनका उपलब्धि र अधुरा वाचाबीचको अन्तरलाई पहिचान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिवेदनमा भदौको जनउभारदेखि १५औँ महाधिवेशनसम्मको राजनीतिक घटनाक्रमलाई समेत विश्लेषण गरिएको छ। बदलिँदो सामाजिक मनोविज्ञान, पुस्ताबीच बढ्दै गएको दूरी, अर्थतन्त्रको अवस्था, बसाइँसराइ र विश्वमा भइरहेको तीव्र परिवर्तनलाई वर्तमान राष्ट्रिय परिवेशका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ।

त्यस्तै, लोकतन्त्रप्रतिको आलोचना विस्तारै लोकतन्त्रकै अस्वीकारसम्म पुग्न सक्ने जोखिम र लोकरिझ्याइँले वैध जनअसन्तोषलाई गलत राजनीतिक निष्कर्षतर्फ लैजान सक्ने अवस्थाप्रति पनि प्रतिवेदनले सचेत गराएको छ। यस्तो अवस्थामा कांग्रेसले लोकतन्त्रको पक्षमा आफ्नो ऐतिहासिक र समकालीन दायित्व स्पष्ट रूपमा निर्वाह गर्नुपर्ने थापाको दृष्टिकोण छ।

जिम्मेवार प्रतिपक्षदेखि राष्ट्रिय शक्तिसम्म

प्रतिवेदनले कांग्रेसलाई केवल निर्वाचनका बेला सक्रिय हुने दलका रूपमा नभई निर्वाचनबीच पनि समाजमा निरन्तर उपस्थित रहने राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ। जिम्मेवार र स्पष्ट प्रतिपक्षको भूमिका निर्वाहसँगै नागरिकका गुनासा सुन्ने, प्रमाणमा आधारित निष्कर्ष निकाल्ने र समाधान प्रस्तुत गर्ने राजनीतिक पद्धति विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ।

थापाले कांग्रेसको दायित्व प्रतिपक्षमा सीमित नभई राष्ट्रिय शक्ति र लोकतान्त्रिक सन्तुलनको आधारका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। त्यसका लागि आन्दोलनका सन्देशलाई संस्थागत रूपान्तरण, राजनीतिक ऊर्जालाई लोकतान्त्रिक संस्थागतकरण र सार्वजनिक विश्वासलाई पुनर्निर्माण गर्नुपर्ने विषय प्रतिवेदनमा समेटिएको छ।

सामाजिक आन्दोलन, पार्टी संगठन र लोकतान्त्रिक मध्यस्थताबीचको सम्बन्ध, सार्वजनिक संवाद, साझा तथ्यमा आधारित सामाजिक सम्बन्ध तथा प्रमुख प्रतिपक्षको भूमिकालाई पनि प्रतिवेदनले प्राथमिकतामा राखेको छ। साथै पुस्तागत परिवर्तन, नयाँ राजनीतिक नेतृत्वको प्रवेश र नेतृत्व निर्माणलाई कांग्रेसको आगामी कार्यभारका रूपमा अघि सारिएको छ।

राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादको नयाँ व्याख्या

थापाको राजनीतिक प्रतिवेदनमा कांग्रेसको वैचारिक आधारलाई २१औँ शताब्दीको बदलिँदो परिवेशअनुकूल पुनव्र्याख्या गर्ने प्रयास गरिएको छ। राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई स्थायी राजनीतिक आदर्शका रूपमा राख्दै तिनलाई समुन्नत नेपालको लक्ष्यसँग जोडिएको छ।

राष्ट्रियतालाई राष्ट्रको स्वाधीनता र जनताको सामूहिक स्वशासनसँग, लोकतन्त्रलाई सार्वजनिक शक्तिमाथि नागरिकको स्वामित्वसँग तथा लोकतान्त्रिक समाजवादलाई राजनीतिक स्वतन्त्रतासँगै वास्तविक सामाजिक–आर्थिक स्वतन्त्रतासँग जोडेर व्याख्या गरिएको छ। यी तीन आदर्शको सम्बन्धलाई स्वतन्त्र राष्ट्र, सार्वभौम नागरिक र न्यायपूर्ण समाज निर्माणको आधारका रूपमा प्रस्तुत गर्दै थापाले राष्ट्रिय मेलमिलापलाई पनि असहमतिका बीच साझा राष्ट्रिय समुदाय निर्माण गर्ने माध्यमका रूपमा अघि सारेका छन्।

‘समुन्नत नेपाल’को अवधारणा
प्रतिवेदनको अर्को महत्वपूर्ण पक्ष ‘समुन्नत नेपाल’को अवधारणा र त्यसलाई कार्यान्वयन गर्ने कार्यप्रणाली हो। लोकतान्त्रिक, संवैधानिक, सामाजिक–आर्थिक तथा मानवीय आधारमा समुन्नत नेपाल निर्माणको दृष्टिकोण अघि सारिएको छ।

थापाले समुन्नतिलाई केवल आर्थिक वृद्धिसँग सीमित नगरी नागरिकको सामथ्र्य, अवसर, सहनिर्माण र जवाफदेहिताको चक्रसँग जोड्ने प्रस्ताव गरेका छन्। यही अवधारणालाई ‘ऋष्तष्शभलकजष्उ इउभचबतष्लन क्थकतझ’का रूपमा व्याख्या गर्दै राज्य, नागरिक र संस्थाबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरिएको छ।

‘कस्तो कांग्रेस?’ को स्पष्ट खाका

प्रतिवेदनले आगामी कांग्रेस ‘विचारमा स्पष्ट, संगठनमा जीवन्त र जनताप्रति जवाफदेही’ हुनुपर्ने निष्कर्ष अघि सारेको छ। यसअन्तर्गत सदस्यता, नागरिक सहभागिता र पार्टीभित्र स्वामित्वको भावना बढाउने, तहगत समन्वय र साझा सामथ्र्यमा आधारित संगठन निर्माण गर्ने तथा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने प्रस्ताव गरिएको छ।

त्यस्तै, अर्थपूर्ण समावेशिता, पाँच पुस्ताको सहयात्रा, परिवारको अपनत्व, राष्ट्रिय सरोकारमा आधारित सामाजिक आन्दोलन र विचार तथा नेतृत्व निर्माणको केन्द्रका रूपमा कांग्रेसलाई विकास गर्ने विषय प्रतिवेदनमा समेटिएका छन्।जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धता, पार्टीको स्वच्छ वित्तीय आधार तथा सार्वजनिक लेखापरीक्षणलाई पनि संगठनात्मक सुधारको महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ।

थापाले आगामी चार वर्षको नेतृत्वकाललाई स्पष्ट कार्यभार र कार्यान्वयनसँग जोड्दै त्यसपछि पनि निरन्तर सुधारमार्फत आगामी दशकका परिणाम हासिल गर्ने राजनीतिक योजना प्रस्तुत गर्न खोजेका छन्।प्रतिवेदनको निष्कर्षमा नागरिकका आकांक्षा पूरा गर्ने, लोकतन्त्रको प्रतिफल जनजीवनमा पु¥याउने र कांग्रेसले आफ्ना मूल राजनीतिक मूल्यप्रति अडान कायम राख्ने विषयलाई केन्द्रमा राखिएको छ।

१५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुन लागेको यो प्रतिवेदनले कांग्रेसको विगतको आत्मसमीक्षादेखि आगामी दशकको राष्ट्रिय पुनर्जागरण, समुन्नत नेपाल निर्माण र पार्टीको वैचारिक तथा संगठनात्मक रूपान्तरणसम्मको समग्र खाका अघि सार्ने देखिएको छ।

Tags: Breaking News NepalLatest News NepalNepal NewsSajilo PostSajilo Post MediaSajilo Post NewsSajiloPost.comराजनीति समाचार

Discussion about this post

Related Posts

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

रामानन्द चोकमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि