nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारी वर्षाको सम्भावना : बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज ८, २०८३, ११:४९ बिहान
भारी वर्षाको सम्भावना : बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

काठमाडौं, ८ असोज । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य/सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्वतयारी मिलाउन निर्देशन दिएको छ।

प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।

सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि, जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।

त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घरोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

धनसारमा ईभी र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एकजना गम्भीर

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

सांसदहरू संसदमा पूरै समय बस्नुपर्ने गरी रास्वपाले ल्यायो नयाँ निर्देशिका

सांसदहरू संसदमा पूरै समय बस्नुपर्ने गरी रास्वपाले ल्यायो नयाँ निर्देशिका

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

कृष्णभीरमा लेदोसहितको पहिरो: पृथ्वी राजमार्ग एकतर्फी, वर्षाले पन्छाउन सकस

कृष्णभीरमा लेदोसहितको पहिरो: पृथ्वी राजमार्ग एकतर्फी, वर्षाले पन्छाउन सकस

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि