nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३१, २०८३, ९:५२ मध्यान्ह
सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

धनुषा/भदौ ३१ गते। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सी.एम.सी.) नेपाल नेपालको सहयोग तथा स्थानीय सरकारको लागत साझेदारीमा सञ्चालित ‘मनको साथी बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य व्यवस्थापन कार्यक्रम’ अन्तर्गत स्वास्थ्यकर्मी तथा शिक्षकहरूका लागि अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम सम्पन्न भएको छ।

गणेशमान चारनाथ नगरपालिका स्थित श्री माध्यमिक विद्यालय, भरतपुरमा आयोजित तालिममा शिक्षक, शिक्षिका तथा स्वास्थ्यकर्मीसहित ४० जनाको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य स्वास्थ्यकर्मी तथा शिक्षकहरूलाई अपाङ्गतासम्बन्धी आधारभूत जानकारी प्रदान गर्नुका साथै अपाङ्गता भएका व्यक्तिलाई शिक्षा, स्वास्थ्य तथा अन्य सार्वजनिक सेवामा कसरी समावेश गर्न सकिन्छ भन्नेबारे जानकारी गराउनु रहेको प्रशिक्षक जितलाल ढकालले बताए।

उनका अनुसार तालिममा अपाङ्गताको प्रकार, वर्गीकरण, अपाङ्गता भएका व्यक्तिले प्राप्त गर्ने सेवा तथा सुविधाका साथै अपाङ्गता समावेशीकरणका विभिन्न पक्षबारे सहभागीलाई जानकारी दिइएको थियो।

प्रशिक्षक ढकालले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा ल्याउन उनीहरूले भोगिरहेका अवरोधहरूको पहिचान तथा समाधान आवश्यक रहेको बताए। तालिमका क्रममा शिक्षक तथा स्वास्थ्यकर्मीबीच अपाङ्गता समावेशीकरणमा देखिने अवरोधहरू, त्यसको समाधानका उपाय तथा आगामी दिनमा गर्न सकिने कार्यका विषयमा छलफल गरिएको थियो।

छलफलपछि अपाङ्गता समावेशीकरणलाई प्रभावकारी बनाउन आवश्यक कार्ययोजनासमेत तयार गरिएको प्रशिक्षक ढकालले जानकारी दिए।

तालिमको सहजीकरण अनिरुद्घ मुखियाले गरेका थिए। कार्यक्रममा परियोजना संयोजक विनय महर्जनका साथै गणेशमान चारनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा स्वास्थ्य शाखा प्रमुखको समेत उपस्थिति रहेको थियो।

तालिममा सहभागी शिक्षक तथा स्वास्थ्यकर्मीलाई अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीको आवश्यकता पहिचान, उनीहरूप्रति गरिने व्यवहार, समान अवसर, पहुँच तथा मानव अधिकारका विषयमा समेत जानकारी गराइएको थियो।

तालिम समापनका क्रममा सी.एम.सी. नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले अपाङ्गता समावेशीकरणलाई व्यवहारमा कार्यान्वयन गर्न शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय सरकार तथा समुदायबीच सहकार्य आवश्यक रहेको बताए।

तालिमले अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीलाई शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा समान पहुँच सुनिश्चित गर्न स्थानीय तहमा कार्यरत शिक्षक तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

कार्यक्रमले अपाङ्गतासम्बन्धी गलत धारणा तथा विभेद न्यूनीकरण गर्दै मानव अधिकारमा आधारित र समावेशी सेवा प्रवाहलाई स्थानीय तहमा थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि