nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २०, २०८३, १२:१० मध्यान्ह
जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

जनकपुरधाम/भदौ २० गते। मिथिलाको कला, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले आगामी असोज ३ गते जनकपुरधामस्थित तिरहुतिया गाछी मैदानमा आयोजना हुने भएको छ।

आज पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार थर्ड आई स्टुडियो प्रा.लि. को आयोजनामा हुने कार्यक्रमलाई आयोजकले केवल सौन्दर्य प्रतियोगिता वा सांगीतिक कार्यक्रमका रूपमा मात्र नभई मिथिलाको मौलिक कला, संस्कृति, सभ्यता र पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

कार्यक्रमका आयोजक हरिस जयसवालले हालै देशमा आएको विपत्तिका कारण आम नागरिक दुःख र पीडामा रहेको अवस्थामा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आशा, एकता र सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताएका छन्। जीवनमा दुःखपछि सुख आउने भएकाले विपत्तिको पीडाबीच पनि सामाजिक तथा सांस्कृतिक गतिविधिलाई सकारात्मक रूपमा अघि बढाउनु आवश्यक रहेको उनको भनाइ छ।

जयसवालले मिथिलाको संस्कृति पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सम्पदा भएकाले यसको संरक्षण, सम्मान र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व रहेको बताए। ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले’ मार्फत मिथिलाको कला, संस्कृति, परम्परा र सभ्यताको भव्यता प्रस्तुत गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।

उनका अनुसार कार्यक्रम आयोजकको मात्र नभई सम्पूर्ण मिथिला–मधेशवासीको साझा उत्सव भएकाले सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।

कार्यक्रमलाई आम दर्शकका लागि सहज र पहुँचयोग्य बनाउन आयोजकले विशेष अनलाईन टिकट अफर समेत ल्याएको जनाएको छ।

आयोजकका अनुसार इसेवा मार्फत अग्रिम टिकट खरिद गर्दा टिकटको मूल्य रु. २५० कायम गरिएको छ। यस्तै, ग्रान्ड फिनालेको दिन कार्यक्रमस्थलको काउन्टरबाट टिकट खरिद गर्दा रु. ३०० लाग्ने आयोजकले जनाएको छ।

अनलाइन टिकट बिक्री भने ग्रान्ड फिनाले हुनुभन्दा केही दिनअघि नै बन्द गरिने आयोजकले जनाएको छ। त्यसैले कार्यक्रममा सहभागी हुन चाहने दर्शकलाई अग्रिम रूपमा अनलाइन टिकट खरिद गर्न आग्रह गरिएको छ।

ग्रान्ड फिनालेका क्रममा दर्शक, कलाकार, सहभागी तथा अतिथिको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ। सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रशासनसँग आवश्यक समन्वय तथा सहकार्य गरिने बताइएको छ।

आयोजकले कार्यक्रमबाट प्राप्त नाफाको एक हिस्सा हालैको विपत्तिबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगमा समर्पित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

देशमा विपत्तिको अवस्था रहेकाले मनोरञ्जन र सांस्कृतिक कार्यक्रमसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिने उद्देश्यले नाफाको केही हिस्सा प्रभावित परिवारको सहयोगमा प्रयोग गरिने आयोजक जयसवालले बताए।

आजदेखि आधिकारिक प्रचार सुरु

ग्रान्ड फिनालेको अफिसियल ब्राण्डिङ र प्रमोसन आजदेखि औपचारिक रूपमा सुरु गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन सञ्चारकर्मी, स्थानीयवासी, प्रशासन, व्यवसायी तथा जनकपुरधामवासीको सहयोग आवश्यक रहेको भन्दै आयोजकले अहिलेसम्म प्राप्त साथ, सहयोग र सद्भावप्रति आभार व्यक्त गरेको छ।

आगामी दिनमा समेत सञ्चारकर्मी, स्थानीय समुदाय, प्रशासन, व्यवसायी तथा सम्पूर्ण जनकपुरवासीबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास आयोजकले व्यक्त गरेको छ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य मिथिलाको पहिचानलाई मनोरञ्जनको माध्यमबाट मात्र प्रस्तुत गर्नु नभई यहाँको संस्कृति, सभ्यता र मौलिकतालाई नयाँ पुस्तासँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनु हो।

‘यो केवल हाम्रो कार्यक्रम होइन, मिथिलाको उत्सव हो, हाम्रो संस्कृति हो, हाम्रो पहिचान हो र इतिहास निर्माण गर्ने साझा अवसर हो’ भन्ने सन्देशसहित आयोजकले सम्पूर्ण मिथिला–मधेशवासीलाई ग्रान्ड फिनालेमा सहभागी हुन आह्वान गरेको छ।

आयोजक जयसवालले मिथिलाको आत्मा, मधेशको गौरव र आफ्नै पहिचानको आवाजलाई विश्वसामु पुर्‍याउने अभियानका रूपमा कार्यक्रमलाई सफल बनाउन सबैको सहभागिताका लागि आग्रह गरेका छन्।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

आज गौरा पर्व सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

आज गौरा पर्व सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी, असत्यमाथि सत्यको जितका रूपमा मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी, असत्यमाथि सत्यको जितका रूपमा मनाइँदै

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि