धनुषा/भदौ १८ गते । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल औषधि व्यवसायी संघ, धनुषा शाखाले ४ लाख १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाल औषधि व्यवसायी संघ धनुषा शाखाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरी सहयोग गरेको हो। संघले जिल्ला प्रशासन कार्यालय, धनुषाको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल लाई पत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, सिंहदरबार, काठमाडौं लाई आर्थिक सहयोगसम्बन्धी पत्र पठाएको छ।
संघका अनुसार रसुवामा आएको बाढीका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ तथा राहतको कामना गरेका छ्न । विपद्को यस घडीमा पीडितलाई सहयोग गर्ने उद्देश्यले संघका धनुषा शाखाका सदस्यहरूबाट रकम संकलन गरी रु. ४,००,१११ (अक्षरेपी चार लाख एक सय एघार रुपैयाँ) को सहयोग गरिएको पत्रमा उल्लेख छ।
नेपाल औषधि व्यवसायी संघ धनुषा शाखाका अध्यक्ष प्रमोद कुमार अग्रवालले बाढीपीडितलाई विपद्को समयमा सहयोग गर्नु सामाजिक दायित्व भएको बताएका छ्न ।
संघले औषधि व्यवसायी तथा आफ्ना सदस्यहरूको तर्फबाट गरिएको यस सहयोगले रसुवा बाढीपीडितको राहत तथा उद्धार कार्यमा केही योगदान पुग्ने विश्वास गरेको औषधि व्यवसायी संघ धनुषाका सदस्य मनोहर ठाकुरले बताएका छ्न।















Discussion about this post