जनकपुरधाम/साउन १६ गते । जनकपुरधाममा शनिवार सद्भाव र्याली निकालिएको छ। हिन्दु–मुस्लिम एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै ‘हिन्दु–मुस्लिम भाइ–भाइ, राष्ट्रिय एकता जिन्दावाद’ नारासहित सद्भाव ¥याली निकालिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलको नेतृत्वमा जनकपुरधामस्थित रेल्वे स्टेशनबाट सुरु भएको ¥यालीले नगर परिक्रमा गरेको थियो ।
र्यालीमा प्रतिनिधिसभा सदस्य मातृका यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा स्थानीय जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
जिल्लाको शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रबार सर्वपक्षीय छलफल आयोजना गरेको थियो। सोही छलफलको निष्कर्षअनुसार शनिबार बिहान ८ बजे सद्भाव र्याली आयोजना गरिएको हो। र्याली समाप्त हुने बेला हिन्दू सम्राट सेनाका सदस्यहरुले केही बेर विरोध जनाएका थिए । उनीहरुले आफूहरुको माग पूरा नभएको भन्दै विरोध जनाएका थिए ।
जनकपुरमा हिन्दु समुदायका विभिन्न संघसंस्थाले सुनसरीको कप्तानगंञ्ज भएको घटनाको विरोधमा बिहीबार प्रदर्शन गरेको थिए। स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन धनुषाले बिहीबार दिउँसोदेखि जनकपुरमा कर्फ्यु जारी गरेको छ। यद्यपि शनिबार आज बिहान ५ देखि १० बजेसम्म हटाइएको छ।















Discussion about this post