nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन (CEDAW) सम्बन्धित दलित महिला र किशोरीसँग सम्बन्धित सुझावहरूमाथि छलफल कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ५, २०८३, ९:३९ मध्यान्ह
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन (CEDAW) सम्बन्धित दलित महिला र किशोरीसँग सम्बन्धित सुझावहरूमाथि छलफल कार्यक्रम सम्पन्न

जनकपुरधाम/श्रावण ५ गते। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (CEDAW) को प्रभावकारी कार्यान्वयन गर्दै दलित महिला तथा किशोरीका अधिकार सुनिश्चित गर्न राज्यका सबै तहले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

स्विडेन (Sverige) र सेभ द चिल्ड्रेनको सहयोग तथा दलित महिला संघ (फेडो) को आयोजनामा जनकपुरधाममा आयोजित “महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन (CEDAW) सम्बन्धित दलित महिला र किशोरीसँग सम्बन्धित सुझावहरूमाथि छलफल कार्यक्रम” मा सहभागीहरूले कानुनी व्यवस्था भए पनि व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको बताएका हुन्।

कार्यक्रमको अध्यक्षता दलित महिला संघ (फेडो) की अध्यक्ष सरस्वती मण्डलले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण तथा सञ्चालन फेडोका सिजेन्द्र सदाले गरेका थिए। कार्यक्रममा ईन्सेक मधेश प्रदेशका प्रतिनिधि राजु पासमानले CEDAW सम्बन्धी विस्तृत अभिमुखीकरण तथा प्रस्तुतीकरण गरेका थिए।

प्रस्तुतीकरणका क्रममा पासमानले CEDAW को स्थापना, उद्देश्य, ऐतिहासिक विकासक्रम तथा यसको अन्तर्राष्ट्रिय महत्वबारे जानकारी गराएका थिए। उनले सन् १९७९ डिसेम्बर १८ मा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको CEDAW महिलाविरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्ने सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय मानवअधिकार महासन्धि भएको बताए। नेपालले सन् १९९१ अप्रिल २२ (वि.सं. २०४८ वैशाख ९) मा उक्त महासन्धि अनुमोदन गरेको जानकारी पनि उनले दिएका थिए।

उनका अनुसार CEDAW ले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा महिलामाथि हुने विभेद अन्त्य गरी समान अधिकार सुनिश्चित गर्ने लक्ष्य लिएको छ। महासन्धिले महिलाको मानवअधिकार संरक्षण, कानुनी समानता, अवसरमा समान पहुँच तथा राज्यको उत्तरदायित्वलाई स्पष्ट रूपमा व्याख्या गरेको छ।

प्रस्तुतीकरणमा संयुक्त राष्ट्रसंघले महिला अधिकार संरक्षणका लागि गरेका ऐतिहासिक पहलहरूमाथि पनि चर्चा गरिएको थियो। जसअन्तर्गत सन् १९४६ मा महिलाको हैसियतसम्बन्धी आयोग (Commission on the Status of Women) गठन, सन् १९६७ मा महिलाविरुद्ध हुने विभेद उन्मूलनसम्बन्धी घोषणापत्र, सन् १९७९ मा CEDAW महासन्धि पारित, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र तथा सन् १९९४ मा महिलाविरुद्ध हिंसासम्बन्धी विशेष प्रतिवेदक नियुक्तिसम्मका महत्वपूर्ण घटनाक्रम प्रस्तुत गरिएको थियो।

त्यसैगरी संयुक्त राष्ट्रसंघको बडापत्र–१९४५, मानव अधिकारको विश्वव्यापी घोषणापत्र (UDHR–१९४८), महिला अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनी विकासक्रम, चारवटा विश्व महिला सम्मेलन तथा CEDAW को ऐतिहासिक यात्राबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो। प्रस्तुतीकरणमा मेक्सिको (१९७५), कोपनहेगन (१९८०), नैरोबी (१९८५) र बेइजिङ (१९९५) मा सम्पन्न विश्व महिला सम्मेलनहरूले विश्वव्यापी महिला अधिकार आन्दोलनलाई थप सशक्त बनाएको उल्लेख गरिएको थियो।

कार्यक्रममा विशेषगरी CEDAW समितिसमक्ष नेपालको सातौँ आवधिक प्रतिवेदनमाथि दलित महिला लक्षित सन् २०२५ मा जारी निष्कर्षात्मक टिप्पणी माथि केन्द्रित भएर छलफल गरिएको थियो। उक्त टिप्पणीमा दलित महिला तथा किशोरीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा पहुँच, नागरिकता, लैङ्गिक हिंसा, राजनीतिक सहभागिता तथा आर्थिक अवसरका क्षेत्रमा अझै पनि बहुआयामिक विभेद भोगिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि राज्यले प्रभावकारी नीति तथा कार्यक्रम लागू गर्नुपर्ने सुझावहरू समेटिएका छन्।

छलफलका क्रममा सहभागीहरूले संविधान तथा कानुनले समान अधिकारको प्रत्याभूति गरे पनि व्यवहारमा दलित महिला तथा किशोरीहरूले जातीय र लैङ्गिक दुवै प्रकारका विभेद झेल्नुपरेको अनुभव साझा गरेका थिए। उनीहरूले स्थानीय तहदेखि संघीय सरकारसम्म CEDAW का प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन गर्न, महिला तथा किशोरीमैत्री नीति निर्माण गर्न, न्यायमा सहज पहुँच सुनिश्चित गर्न र दलित महिलाको नेतृत्व विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको सामाजिक विकास शाखाका प्रतिनिधि, महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम समापन गर्दै फेडोका अध्यक्ष सरस्वती मण्डलले दलित सम्बन्धि काम गर्ने संस्था बाहेक अरु संस्थाहरुले दलितलाई समावेश नगरेकोमा दुख व्यक्त गरिन । उनले समावेशी विकास र सामाजिक न्यायको लक्ष्य हासिल गर्न सबै संघ–संस्थाले दलित महिला, किशोरी तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
उनले CEDAW का प्रावधानलाई व्यवहारमा कार्यान्वयन गर्दै दलित महिला तथा किशोरीका अधिकार संरक्षणका लागि सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिन्। साथै उपस्थित सबैलाई धन्यवाद दिएका थिए। साथै सहभागीहरूले CEDAW का प्रावधानलाई कागजमा मात्र सीमित नराखी स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न, दलित महिला तथा किशोरीका सवाललाई नीति निर्माणको मूल प्रवाहमा समेट्न तथा सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने निष्कर्ष निकालेका छ्न ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र (फाेटाेफिचर)

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र (फाेटाेफिचर)

अमेरिकाले सधै घडीको दुइ समय परिवर्तन गर्छ, जान्नुहाेस ‘डेलाइट सेभिङ टाइम’का बारेमा

अमेरिकाले सधै घडीको दुइ समय परिवर्तन गर्छ, जान्नुहाेस ‘डेलाइट सेभिङ टाइम’का बारेमा

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

अनियन्त्रित मिनी ट्रक घरमा ठोक्किँदा एकको ज्यान गयो, चालक पक्रा

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

सोनम वाङचुक कमाउँछन् युट्युबवाट महिनाको ७ लाखसम्म

सम्पदा लघुवित्तको ९ हजार ६५४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

सम्पदा लघुवित्तको ९ हजार ६५४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको डिबेञ्चर बिक्री खुलाउने

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको डिबेञ्चर बिक्री खुलाउने

जनकपुरधामबाट प्रचण्डको संकेतः एमालेसँग सहकार्य अघि बढ्यो, मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना

जनकपुरधामबाट प्रचण्डको संकेतः एमालेसँग सहकार्य अघि बढ्यो, मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना

साहु–महाजनको जनकपुरधाममा प्रदर्शन, मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौता खारेज गर्न माग

साहु–महाजनको जनकपुरधाममा प्रदर्शन, मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौता खारेज गर्न माग

साउदीकाे सामुन्द्रिक नाका रोक्ने हुथीको घोषणाले विश्वब्यापी तेलमा थप ७% असर हुने

साउदीकाे सामुन्द्रिक नाका रोक्ने हुथीको घोषणाले विश्वब्यापी तेलमा थप ७% असर हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!