काठमाडौं/असार २३ गते। हिजो अर्थात ६ जुलाई २०२६ मा फिफा विश्वकपबाट ब्राजिल बाहिरिए लगत्तै नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन ।
फिफा विश्वकप २०२६ मा बैकल्पिक खेलाडीको रूपमा प्रवेश गरेर नर्बेले दिएको २–० को अन्तरलाई २–१ मा सिमित गरे पछि उनले सो घोषणा गरेका थिए । जब आफ्नो देश ‘राउन्ड अफ १६’ वाट बाहिरियो, ४–४ पटक विश्कप खेलेका नेयमारको सो घोषणा सबैलाई स्तब्ध बनाउने खालको नै थियो ।
किनभने, उनले महान ब्राजिलियन स्ट्राइकर पेलेको कीर्तिमान तोडेका मात्रै होइन, कुनै समय विश्वकै सबैभन्दा महँगा खेलाडी रहेका नेयमारको खेल जीवन भने अनेक रोचक कथाले भरिएको छ । जसमा उनका चोटपटक, मेस्सी र रोनाल्डोको छाँयामा पर्नु देखी विश्वकपका लागि राष्ट्रका लागि छनौंट हुनु पनि अर्थपुर्ण नै रहेको छ ।
सन् २०१० को कुरा हो। मेटलाइफ स्टेडियममै ‘मोहक’ शैलीको अनौठो कपाल पालेका १८ वर्षीय एक अग्ला र दुब्ला पातला युवाले पहिलो पटक ब्राजिलको सिनियर टोलीको पहेंलो जर्सी लगाएर मैदानमा पाइला टेकेका थिए। अमेरिकाविरुद्धको त्यो खेलमा उनले उत्कृष्ट ‘हेडर’ मार्फत गोल गरेका थिए। त्यसबेला उनको अनुहारमा बालसुलभ र ढुक्कपन झल्किने मुस्कान थियो।
यदि तपाईंले नेयमारको खेल जीवनलाई केवल तथ्याङ्कको दृष्टिकोणबाट हेर्नुभयो भने तपाईंले उनलाई ब्राजिलको इतिहासकै सर्वोत्कृष्ट खेलाडी मान्नु हुनेछ। उनले ब्राजिलका लागि १२८ भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका छन र त्यसमा उनले ब्यक्तिगत ८० गोल गरेका छन। जो उनकै देशका महान् खेलाडी पेलेको ७७ गोलको कीर्तिमान भन्दा धेरै हो, उनले पेलेले बनाएको रेकर्डसमेत तोडेका थिए, जबकी ब्राजिलमा जुन कीर्तिमान कुनै समय कसैले तोड्न नसक्ने मानिन्थ्यो। पेलेजस्ता भगवान् सरह पूजिने खेलाडी भन्दा बढी गोल गर्नु कुनै पनि फुटबल खेलाडीलाई अमर बनाउन पर्याप्त हुनु पर्ने हो।
जब ब्राजिलका सर्वकालीन उत्कृष्ट खेलाडीहरूको सूची तयार पारिन्छ, मानिसहरू पेले, रोनाल्डो नाजारियो, रोमारियो, रिभाल्डो वा रोनाल्डिन्होको नाम लिन हतारिन्छन् तर नेयमारलाई समावेश गर्न भने हिचकिचाउँछन्। यो तीतो यथार्थको एउटै मात्र कारण छ– विश्वकपको उपाधि। ब्राजिलको प्रसिद्ध पहेंलो जर्सी लगाएका हरेक महान् खेलाडीले देशलाई विश्वकपको सफलता दिलाएका छन्। रोनाल्डोले सन् २००२ मा र रोमारियोले सन् १९९४ मा यो उपलब्धि हासिल गराएकाका थिए भने पेलेले त तीन पटकसम्म यो सफलता प्राप्त गरे पनि चार चार पटक विश्वकप खेलेका नेयमारको यो सपना भने अधुरै रहयो ।
त्यसो त यदि नेयमारको सम्पूर्ण खेल जीवनलाई एउटा ‘त्रासदी’का रूपमा हेर्ने हो भने उनका हरेक कठिनाइ र अपूर्णताको मुख्य कारण उनी ‘एलियन्सको युग’मा जन्मिनु हो—अर्थात् फुटबलको यस्तो समय जसमा एकातिर लियोनेल मेसी नामक ‘जादुगर’ र अर्कातिर क्रिस्टियानो रोनाल्डो नामक ‘गोल स्कोर गर्ने मेसिन’को वर्चस्व थियो।
यी दुई दिग्गज खेलाडीले झन्डै डेढ दशकसम्म विश्व फुटबलमा लगभग एकाधिकार जमाए र ‘बालोन डी ओर’जस्ता प्रतिष्ठित उपाधिहरू निरन्तर रूपमा उनीहरूबीच नै बाँडि रहयो ।
त्यस समयमा, विश्वकै उत्कृष्ट खेलाडी बन्ने दाबी प्रस्तुत गर्ने अर्का एक खेलाडी थिए भने ती नेयमार हुन्। सन् २०१३ मा सान्तोस छोडेर बार्सिलोना पुगेपछि उनले मेस्सी र लुइस सुआरेजसँग मिलेर ऐतिहासिक ‘एमएसएन’ को गठन गरे—एक यस्तो साझेदारी, जसले युरोपका बलिया रक्षापंक्तिहरूलाई ध्वस्त पारि दियो।
सन् २०१५ मा बार्सिलोनाले ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जित्दा नेयमारले महत्त्वपूर्ण भूमिका खेलेका थिए। यद्यपि, बार्सिलोनामा उनले जतिसुकै उत्कृष्ट प्रदर्शन गरे पनि सञ्चारमाध्यमका मुख्य समाचारहरूमा सधैं मेस्सीकै चर्चा हुन्थ्यो।
यही द्विविधाले नेयमारलाई एउटा ठूलो निर्णय लिन बाध्य बनायो। उनी मेस्सीको छायाँबाट बाहिर निस्कन चाहन्थे। उनी विश्वको ‘नम्बर एक खेलाडी’ बन्ने आकांक्षा राख्थे। यही महत्त्वाकांक्षाबाट प्रेरित भएर सन् २०१७ मा उनले फुटबल जगतलाई नै हल्लाउने खालको कदम चाले । ‘ट्रान्सफरमार्क्ट’को खेलाडी प्रोफाइल र शुल्क सम्बन्धी तथ्यांकअनुसार उनी बार्सिलानावाट २२२ मिलियन युरोको कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेनमा आबद्ध भए।
यो आजसम्मकै फुटबल इतिहासको सबैभन्दा महँगो खेलाडी स्थानान्तरण हो। पीएसजी उनलाई आफ्नो मुख्य अनुहार बनाउन चाहन्थ्यो तर भाग्यले अर्कै योजना बुनेको थियो। पेरिसमा आफूलाई ‘नम्बर एक खेलाडी’ का रूपमा स्थापित गर्न उनले निकै संघर्ष गरे तर कहिले चोटपटक बाधक बन्यो भने कहिले किलियन एम्बाप्पेजस्ता नयाँ स्टारको उदयले उनलाई पुनः सहायक भूमिकामा धकेल्यो। अन्ततः, उनले जुन छायाँसँग जुधिरहेका थिए, त्यसैले नै उनको महानतालाई ओझेलमा पारिदियो।















Discussion about this post