काठमाडौं/भदौं १० गते। रसुवा धादिङका बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना र नीजी कम्पनिका १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका हेलिकोप्टरमार्फत स्याफ्रुबेसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी हालसम्म १२ जनाको उद्धार गरिएको छ।
उद्धार कार्यमा नेपाली सेनाका ४ र निजी हेलिकोप्टर कम्पनीका ८ गरी १२ वटा हेलिकोप्टर परिचालन भइरहेको नेपाली सेनाले जनाएको छ।
यसैगरी, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको निर्देशनालयले जनाएको छ।















Discussion about this post