nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

सजिलो पोस्ट सजिलो पोस्ट
असार ३, २०८३, ९:५९ मध्यान्ह
कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

महोत्तरी/असार ३ गते। महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औँ नगरसभामा नगरप्रमुख हरिप्रसाद मण्डलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटअनुसार राजस्व बाँडफाँडबाट १० करोड ५७ लाख रुपैयाँ, संघीय सरकारबाट २८ करोड ८८ लाख रुपैयाँ, प्रदेश सरकारबाट १ करोड ४९ लाख ९५ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट ६ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नगरप्रमुख मण्डलले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटको मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए। साथै मटिहानीको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न विकास योजनाहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नगरसभालाई सम्बोधन गर्दै मधेश प्रदेशसभा सभामुख रामअशिष यादव ले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने नीति अवलम्बन गरिरहेको आरोप लगाए। उनले प्रदेश र स्थानीय तहलाई स्वायत्त सरकारका रूपमा नभई संघीय सरकारका निकायसरह व्यवहार गर्ने प्रवृत्तिले संघीय व्यवस्थामाथि नै प्रश्न उठाएको बताए।

सभामुख यादवले मटिहानी नगरपालिकाले सीमित स्रोतसाधनका बाबजुद प्रभावकारी काम गरिरहेको उल्लेख गर्दै प्राप्त अनुदान अपेक्षाकृत कम रहेको बताए। उनले मानव विकास सूचकांक लगायतका आधारलाई बेवास्ता गर्दै संघीय सरकारले अधिकांश बजेट आफ्नै मातहत राख्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

नगरसभाबाट पारित नीति तथा कार्यक्रममा समावेशीकरण, गरिबी निवारण, कला तथा संस्कृति संरक्षण, खेलकुद विकास, पूर्वाधार निर्माण, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रलाई समेटिएको छ। नगरपालिकाले आगामी वर्ष यी क्षेत्रहरूमा केन्द्रित भएर विकासका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि