काठमाडौं, ३० जेठ । विश्च चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई महोत्तरीबाट पक्राउ गरेको हो । उनी हिजो राती महोत्तरीमा रहेको बेला पक्राउ परेका हुन् ।
काठमाडौँका रेष्टुरेन्ट खरिद गर्दा दिइएको चेक बाउन्स भए पछि उनी चेक अनादरको आरोपमा पक्राउ परेका हुन । उनी काठमाडौं, ललितपुर, जनकपुर लगायतका बिभिन्न स्थानमा ‘मिथिला थाली’ नामक रेष्ट्रुरेन्ट सञ्चालन गर्दै आएका थिए ।
उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरिएको टेकु प्रहरीले जनाएको छ ।





















Discussion about this post