nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ८, २०८३, ९:४७ मध्यान्ह
सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन वितरणसम्बन्धी विवादास्पद नीतिविरुद्ध देशव्यापी दबाबमूलक आन्दोलन घोषणा गरेको छ। तीनै तहका सरकारका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने प्रधानमन्त्री कार्यालयको निर्णयलाई महासंघले प्रेस स्वतन्त्रता, खुला बजार प्रतिस्पर्धा र संघीय शासन व्यवस्थाको मर्मविपरीत ठहर गरेको हो।

महासंघका अनुसार उक्त निर्णयविरुद्ध २०८२ चैत २३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको जनाईएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा सरकारको निर्णयले निजी सञ्चारमाध्यमलाई योजनाबद्ध रूपमा कमजोर बनाउने, सूचना प्रवाहमा असन्तुलन ल्याउने र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष आघात पुर्‍याउने उल्लेख गरिएको छ।

महासंघले घोषणा गरेको कार्यक्रमअनुसार वैशाख ९ गते सबै प्रदेश समितिले मुख्यमन्त्रीहरूसँग छलफल गर्दै निर्णयप्रति असहमति जनाउनेछन्। वैशाख १० गते बिहान देशभरका जिल्ला शाखामार्फत प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीसमक्ष विरोध जनाइनेछ। सोही दिन दिउँसो केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आन्दोलनको औपचारिक अवधारणा सार्वजनिक गरिनेछ।

त्यसैगरी, वैशाख ११ गते देशभरका सञ्चारमाध्यमलाई सम्पादकीय ऐक्यबद्धता जनाउँदै एकैदिन सरकारको निर्णयविरुद्ध आवाज उठाउन आह्वान गरिएको छ । सोही दिन बिहानदेखि सामाजिक सञ्जालमार्फत पनि विरोधका सामग्री व्यापक रूपमा सार्वजनिक गरिने महासंघले जनाएको छ। वैशाख १४ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग छलफल गरिने र वैशाख १५ गते स्थानीय तहसम्म अभियान विस्तार गर्दै संघीय सरकारको निर्णय अवज्ञा गर्न आह्वान गर्ने कार्यक्रम तय गरिएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम ल्याइने चेतावनी दिएका छन । “सरकारी निर्णयले सञ्चार क्षेत्रलाई विभाजित गर्ने, निष्पक्ष प्रतिस्पर्धालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने जोखिम बढाएको छ,” विज्ञप्तिमा उल्लेख छ।

यता, सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरूले पनि उक्त निर्णयको खुलेर विरोध गरेका छन । मिडिया एलायन्स नेपाल, मिडिया सोसाइटी नेपाल,आनलगायत संस्थाहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सरकारी निर्णय फिर्ता लिन माग गरेका छन्। ती संस्थाहरूले सरकारी विज्ञापनमा एकाधिकार कायम गर्ने प्रयासले स्वतन्त्र पत्रकारिता, व्यवसायिक प्रतिस्पर्धा र नागरिकको सूचना पाउने अधिकारमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्।

विवादित निर्णयविरुद्ध कानुनी लडाइँसमेत सुरु भइसकेको छ। उक्त नीतिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भइसकेको छ। कानुन व्यवसायीहरूका अनुसार यो निर्णय नेपालको संविधानमा सुनिश्चित प्रेस स्वतन्त्रता, समान अवसरको अधिकार तथा प्रतिस्पर्धात्मक आर्थिक प्रणालीविपरीत रहेको भन्दै बदरको माग गरिएको छ।

सरोकारवालाहरूका अनुसार वैदेशिक रोजगारपछि सञ्चार क्षेत्र नेपालमा ठूलो आर्थिक र सामाजिक प्रभाव राख्ने क्षेत्र हो। यस्तो अवस्थामा सरकारी विज्ञापनजस्तो महत्वपूर्ण स्रोतलाई सिमित संस्थामा केन्द्रित गर्नुले दीर्घकालीन रूपमा सञ्चार क्षेत्रलाई कमजोर बनाउने मात्र होइन, सूचना प्रवाहमा असन्तुलन सिर्जना गर्ने खतरा पनि उत्तिकै रहेको छ।

यसैबीच, महासंघले आन्दोलनलाई अझ सशक्त बनाउँदै सम्पूर्ण सञ्चारकर्मी, सञ्चार संस्था तथा नागरिक समाजलाई साथ दिन आह्वान गरेको छ। महासंघका अनुसार यो संघर्ष केवल विज्ञापनको विषय मात्र नभई प्रेस स्वतन्त्रता, समान अवसर र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणसँग प्रत्यक्ष जोडिएको विषय हो।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सगरमाथा आरोही मदन चुडाल सम्मानित

सगरमाथा आरोही मदन चुडाल सम्मानित

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि