nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १७, २०८२, ८:११ मध्यान्ह
मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

महोत्तरी । मिथिला माध्यमिकी परिक्रमाका यात्री दोहोर्याएर भारत पुगेका छन् । पन्ध्र दिने यो परिक्रमामा दोस्रो र तेस्रो दिन भारतको मधुवनी जिल्लाको कल्याणेश्वर (कलना) र गिरिजास्थान (फुलहर)मा बिताएका यात्री फेरि १३औँ दिन शनिबार भारत पुगेका हुन् ।

यात्राको उत्तराद्र्धतिर १३औँ दिन मधुवनीकै करुणामा शनिबार रात बिताएका यात्री आज आइतबार १४औँ दिन मधुवनीकै बिसौल पुग्दैछन् । बिसौलमा आज परिक्रमाका यात्री मध्यान्हसम्म सबै पुग्नेछन् । आज बिसौलको रात्रिबासपछि अन्तिम अर्थात् १५औँ दिन भोलि सोमबार यात्री जनकपुरधाम पुग्नेछन् । महोत्तरी, धनुषा र मधुवनी जिल्लाका तीर्थस्थलहरूको परिक्रमा गरिने यो यात्रा नेपाल–भारत सांस्कृतिक सम्बन्धको अनुपम उदाहरण भएको सीमा वारिपारिका बासिन्दा बताउँछन् ।

सीमापारिका भारततिर गुप्तामात्र नभएर आम सर्वसाधारण र जनप्रतिनिधिहरू पनि सीमा वारिपारिका नेपाली र भारतीय दुई फरक देशका नागरिक भए पनि दुःखसुख एकआपसमा बाँड्दै आएका बताउँछन् । नेपाल–भारतबीच सांस्कृतिक आदानप्रदानका कैयौँ अवसर छन् ।

यीमध्ये साउन शुक्लपक्षमा मनाइने झुलापर्व, कात्तिक शुक्लपक्षमा मनाइने छठ, मङ्सिर शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने रामजानकी विवाह महोत्सव, फागुन शुक्लपक्षको मिथिला माध्यमिकी परिक्रमा र होली पर्व मुख्य छन् । यी धार्मिक तथा सांस्कृतिक उत्सवमा नेपाल र भारतका साधुसन्तदेखि घरगृहस्थीका सर्वसाधारणसम्म एकाकार हुँदै आएका नेपालतर्फ महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।

“मिथिला माध्यमिकी परिक्रमाको चौथो दिन भारतको गिरिजास्थानबाट मटिहानी आउने यात्री मधवापुर बजारहुँदै आउँछन्, ती सबैलाई मधवापुरबासी स्वागत गर्दै नेपालतिर ल्याउँछन्”, उहाँ भन्नुहुन्छ, “बीचको दशगजा वारिपारिका हामी बासिन्दा छौँ, यो भूगोल थाहा नपाएका कुनै नयाँ यात्री हामीलाई (मटिहानी र मधवापुरवासी) हेरेर फरक देशका नागरिक भनेर खुट्याउनै सक्दैनन् ।”

दुवैतर्फका बोली, रीतिथिति, वेशभूषा र चाडपर्व समान हुँदा वारिपारि आउजाउ गर्दा कहिल्यै फरक देशको अनुभूति नहुने गरेको तत्कालीन मधवापुर ग्रामपञ्चायतका सरपञ्च बलराम मिश्र बताउँछन् । विगतमा नेपालका एफएम रेडियोहरूमा लामो समय विभिन्न कार्यक्रम प्रस्तुत गरेको हुँदा नेपाली बोल्न, लेख्न र पढ्न असजिलो नहुने मिश्रले प्रस्ट्याए ।

मिथिला माध्यमिकी परिक्रमा अघि त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात विहार गर्ने क्रममा घुमफिर गरेका पदचापको अनुशरण मानिन्छ । प्राचीन मिथिला (विदेह) राज्यको राजधानी जनकपुरधामलाई केन्द्र (माझ)मा राखेर १३३ किलोमिटरको बृत्तमा १५ दिन गरिने मध्यमा परिक्रमामा मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा छ । यस यात्रामा सरिक हुने नेपाली र भारतीय उत्तिकै हुन्छन् । यात्रामा को भारतीय र को नेपाली भनेर नचिनिने जलेश्वर–५ पतैलीका बासिन्दा मैथिल संस्कृतिविद् ध्रुवराय बताउँछन् ।

“यो यात्रा साधुसन्तले भनेजस्तै साँच्चै अलौकिक छ, अनि आनन्द र निस्फिक्रीको पनि”, राय भन्छन्, “यात्राको सवल पक्षमा नेपाल भारतका सांस्कृतिक सम्बन्धका कुरा छन्, यस यात्रामा नेपाल–भारत दुवै देशका क्षेत्र र नागरिक सम्मिलित हुन्छन्, यो हाम्रो बहुआयामिक सम्बन्धको सेतु पनि हो ।”

फागुन औँसीदेखि सुरु भई शुक्लपक्षभरिका १५ दिनको यो यात्रामा १५ रात्रिबासको परम्परा छ । जसमा नेपालतर्फ ११ र भारततर्फ मधुवनी जिल्लामा चार रात बिताइने गरिन्छ । यो यात्रामा दोस्रो, तेस्रो, १३ औँ र १४ औँ दिनको रात्रिबास भारतको मधुवनी जिल्लाका क्रमशः कल्याणेश्वर (कलना), फुलहर (गिरिजास्थान), करुणा र बिसौलमा गरिन्छ । नेपालतर्फ ११ दिनमा छ धनुषा र पाँच महोत्तरीमा गरिन्छन् ।

मिथिला माध्यमिकी परिक्रमाका कथाबस्तु सबै नेपाल–भारतका समान छन् । श्रीराम भारतीय र सीताजी नेपालकी छोरी । यो वैवाहिक सम्बन्धदेखि नै यता दुवैतर्फ बिहाबारी सघन हुँदै आएको परिक्रमाको १३औँ दिनको रात्रि विश्रामस्थल रहेको मधुवनी जिल्लाको करुणाका बासिन्दा ७० वर्षीय श्रीनिवास पाण्डे बताउँछन् । यी सांस्कृतिक परम्पराले राज्यराज्यबीचको सम्बन्धलाई अझ सुदृढ गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण लाल कर्णको भनाइ छ ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!