nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अपेक्षा र उपेक्षाको बीचमा मधेस

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १५, २०८२, ७:०३ मध्यान्ह
अपेक्षा र उपेक्षाको बीचमा मधेस

राजेश विद्रोही
मधेस नेपालको दक्षिणी भूभागमा फैलिएको समथर भूभाग हो । यसले भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक रूपमा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिएको छ । हिमाल, पहाड र मधेसको संयोजनबाट बनेको नेपालको यो क्षेत्र प्राकृतिक उर्वरता, जनघनत्व र सांस्कृतिक विविधताका कारण सधैँ चर्चामा रहँदै आएको छ । इतिहासदेखि वर्तमानसम्म मधेससँग राज्य, समाज र राष्ट्रप्रति धेरै अपेक्षा जोडिँदै आएका छन्, जसले यस क्षेत्रलाई बुझ्ने दृष्टिकोणलाई अझ गहिरो बनाएको छ ।
नेपालको इतिहास हेर्दा मधेस सधैँ कृषि उत्पादन, व्यापार, व्यावसायिक गतिविधि, संस्कृति र ज्ञानको केन्द्रका रूपमा रहेको देखिन्छ । तर समयक्रमसँगै मधेस र पहाडबीचको बुझाइमा दूरी बढ्दै गएको अनुभूति गरिएको देखिन्छ । यस लेखको उद्देश्य कुनै राजनीतिक धार वा सम्प्रदायलाई अघि बढाउनु वा भड्काउनु होइन, बरु इतिहास, संस्कृति र आपसी सम्मानका आधारमा साझा राष्ट्रिय निर्माणप्रति साझेदारिता देखाउनु हो ।

मधेस शब्दको ऐतिहासिक अर्थ र विकास
‘मधेस’ शब्द संस्कृतको मध्यदेशबाट विकसित भएको मानिन्छ । प्राचीन ग्रन्थहरूमा गङ्गा–यमुना क्षेत्र वरपरको भूभाग अर्थात् हिमाल र पहाडको दक्षिणतर्फ फैलिएको उर्वर समथर भूभागलाई मध्यदेश भनिन्थ्यो । यही शब्द बोलचालको समयक्रमसँगै भाषिक रूपान्तरण हुँदै ‘मधेस’का रूपमा स्थापित भयो । लिच्छवी र मल्लकालका केही संस्कृत तथा नेपाली अभिलेखहरूमा ‘मध्यदेश’ वा त्यससँग सम्बन्धित उल्लेखहरू पाइन्छन् । तर आधुनिक अर्थमा नेपालको दक्षिणी तराई भूभागलाई औपचारिक रूपमा ‘मधेस’ भनेर चिनाउने चलन भने राणा शासनकालतिर मात्र विकसित भएको देखिन्छ ।
खासगरी १९औँ–२०औँ शताब्दीमा राणा शासनकालमा तराईलाई पहाडभन्दा अलग, सीमावर्ती र फरक सामाजिक क्षेत्रका रूपमा हेर्ने प्रशासनिक सोच बलियो बन्यो । यसरी भौगोलिक अर्थमा प्रयोग भएको शब्द पछि सामाजिक र सांस्कृतिक पहिचानसँग जोडिन पुग्यो । २००७ सालपछि नागरिकता, भाषा र समावेशीकरणका बहससँगै मधेस पहिचानको विषयका रूपमा स्थापित भयो । २०६३÷६४ सालको मधेस आन्दोलनपछि ‘मधेस’ राष्ट्रिय राजनीतिक र सामाजिक विमर्शमा निर्णायक रूपमा प्रवेश ग¥यो ।

ऐतिहासिक र सांस्कृतिक योगदान
मधेसको इतिहास वैदिककालसम्म फैलिएको छ । वैदिक कालमा विदेह वा मिथिला राज्य यही क्षेत्रमा अवस्थित थियो । राजा जनकको शासनकालमा दर्शन, शिक्षा र वैदिक चिन्तन उच्च उत्कर्षमा पुगेको देखिन्छ । सीता, याज्ञवल्क्यजस्ता ऐतिहासिक पात्रहरूले मधेसलाई धार्मिक, दार्शनिक र बौद्धिक चेतनाको केन्द्रका रूपमा स्थापित गरेका छन् । मिथिला संस्कृति, कला, साहित्य, लोकपरम्परा र शास्त्रीय दर्शनको निरन्तर विकासले मधेसलाई दक्षिण एसियाकै एक महत्वपूर्ण सांस्कृतिक भूभागका रूपमा चिनाएको छ । मध्यकालमा कर्णाट र सेन वंश तथा आंशिक रूपमा मुगल प्रभावअन्तर्गत रहेको मधेस हिमाली भेग र गङ्गा मैदानबीचको महत्वपूर्ण व्यापारिक सेतुका रूपमा विकसित भयो । नून, ऊन, अन्न, कपडा र हस्तकलाका सामग्रीको आदान–प्रदानले मधेसलाई आर्थिक मात्र होइन्, सामरिक, सामाजिक र सांस्कृतिक दृष्टिले पनि सबल बनायो । यस ऐतिहासिक प्रक्रियाले मधेसलाई नेपालको समग्र इतिहास र सभ्यताको अभिन्न अङ्गका रूपमा स्थापित गरेको छ ।

सामाजिक, भाषिक र सांस्कृतिक विविधता
मधेस नेपालकै सबैभन्दा घना जनसङ्ख्या भएको क्षेत्र हो । २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार मधेस प्रदेशको जनसङ्ख्या करिब ६१ लाख रहेको छ । यादव, कुर्मी, थारु, मुसहर, दुसाध, चमार, कोइरी, ब्राह्मण, राजपूतलगायत दर्जनौँ जातीय समुदायहरूको सहअस्तित्वले मधेसलाई सामाजिक रूपमा अत्यन्त विविध बनाएको छ । धार्मिक दृष्टिले यहाँ मुख्यतः हिन्दु र मुस्लिम समुदायको बाहुल्य रहेको छ, जसले धार्मिक सहिष्णुता र सहअस्तित्वको लामो परम्परा विकास गरेको छ । भाषिक रूपमा मधेस बहुभाषिक समाज हो । मैथिली, भोजपुरी, अवधी, बज्जिका, थारु र उर्दू यहाँका प्रमुख मातृभाषाहरू हुन् । यी भाषाहरू केवल सञ्चारका साधन मात्र नभई मधेसी समाजको ऐतिहासिक स्मृति, सांस्कृतिक पहिचान र सामाजिक निरन्तरताका आधार हुन् तर लामो समयसम्म राज्य संरचनाभित्र यी भाषाहरूको औपचारिक मान्यता र प्रयोग सीमित रहँदा भाषिक असमानता र उपेक्षाको अनुभूति मधेसी समाजमा गहिरिँदै गएको देखिन्छ ।

सांस्कृतिक दृष्टिले छठ, समा–चकेवा, जुडशीतल, होली, ईद र मोहर्रमजस्ता पर्वहरूले मधेसको बहुसांस्कृतिक चरित्र र सामाजिक सहिष्णुतालाई प्रतिविम्बित गर्छन् । प्रकृतिप्रति सम्मान, पारिवारिक सम्बन्ध र सामुदायिक ऐक्यबद्धता यी पर्वहरूको साझा विशेषता हुन् । लोकगीत, लोकनृत्य र मौखिक परम्पराले पुस्तौंदेखि मधेसको सांस्कृतिक चेतनालाई जीवन्त राख्दै आएको छ । १८औँ शताब्दीमा गोरखा राज्यद्वारा नेपाल एकीकरण भएपछि मधेसलाई प्रायः सुरक्षा दृष्टिले संवेदनशील क्षेत्रका रूपमा हेरिएको ऐतिहासिक अनुभूति पाइन्छ । यसले कतिपय समयमा मधेसलाई राज्यको अभिन्न अङ्गभन्दा परिधिमा राखिएको जस्तो अनुभूति उत्पन्न गराएको छ । यही पृष्ठभूमिमा मधेसको सामाजिक, भाषिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै समावेशी राष्ट्रिय दृष्टिकोण विकास गर्नु आजको साझा आवश्यकता हो ।

मधेस–पहाड सम्बन्धः बुझाइको आवश्यकता
मधेसलाई प्रायः नेपालको अन्न भण्डार भनिन्छ । धान, गहुँ, मकै, ऊखु, तरकारी र तेलहन उत्पादनमा मधेसको योगदान उल्लेखनीय छ । साथै, उद्योग, व्यापार, भन्सार र राजस्व सङ्कलनमा पनि मधेसको भूमिका महत्वपूर्ण छ । यति ठूलो योगदानका बाबजुद विकासका अवसर र पहुँच सबै क्षेत्रमा समान नभएको अनुभूति समाजमा देखिन्छ । यो अवस्था कुनै एक क्षेत्रको मात्र होइन्, समग्र राष्ट्रकै साझा चुनौती हो । जसको समाधान समावेशी विकास र सन्तुलित नीतिमार्फत मात्र सम्भव छ ।
नेपाल राज्य निर्माणको क्रममा विभिन्न भूगोल र समाजबीच फरक–फरक अनुभवहरू छन् । कतिपय अवस्थामा यी फरक अनुभवहरूले गलत बुझाइ जन्माएका छन् । मधेस र पहाडलाई फरक–फरक होइन्, पूरक भूगोल र संस्कृतिका रूपमा बुझ्न सकिए मात्र आपसी विश्वास बलियो हुन्छ । ‘मधेसी’, ‘पहाडी’, ‘हिमाली’– यी सबै पहिचानहरू नेपाली राष्ट्रियताको साझा आधार हुन् । समस्या शब्दमा होइन्, ती शब्द प्रयोग गर्दा अपनाइने दृष्टिकोणमा हुन्छ । सम्मान र समावेशी सोचले मात्र दूरी घटाउन सक्छ ।
सङ्घीय संरचनाले स्थानीय पहिचान, भाषा र आवश्यकतालाई सम्मान गर्दै शासन प्रणालीलाई नागरिक नजिक लैजाने उद्देश्य राखेको छ । सङ्घीयताको सफलताका लागि अधिकार, जिम्मेवारी र स्रोतको सन्तुलित प्रयोग आवश्यक छ । यसले मधेस, पहाड र हिमालबीच सहकार्य र विश्वास बढाउन सक्छ । संविधानले समावेशीता, मातृभाषा, समान अवसर र सामाजिक न्यायका आधारहरू स्थापित गरेको छ । अब चुनौती भनेको यी मूल्यहरूलाई व्यवहारमा उतार्नु हो ।

अन्य देशका अनुभव र नेपालका लागि सन्देश
विश्वका धेरै देशहरूले विविधतालाई स्वीकार गरेर राष्ट्रिय एकता बलियो बनाएका छन् । जहाँ पहिचान दबाइयो, त्यहाँ द्वन्द्व बढ्यो, जहाँ संवाद र सम्मानलाई प्राथमिकता दिइयो, त्यहाँ समाज स्थिर रह्यो । नेपालका लागि पनि यही पाठ सान्दर्भिक हुनसक्छ । मधेस नेपाल बाहिरको वा परिधिमा रहेको भूभाग होइन–यो नेपालको मुटु हो । मधेसलाई बुझ्नु भनेको नेपाललाई बुझ्नु हो । इतिहास, संस्कृति, श्रम र सहिष्णुताको साझा विरासतलाई सम्मान गर्दै अघि बढ्नसके मात्र नेपाल साँचो अर्थमा समावेशी, सुदृढ र आत्मविश्वासी राष्ट्र बन्न सक्छ ।
यसर्थ मधेस–पहाडबीचको मनोवैज्ञानिक विभाजन घटाउने उपाय राजनीतिभन्दा बढी मानवीय समझदारी, ऐतिहासिक चेतना र आपसी सम्मानमा निहित छ । वैदिककालदेखि आधुनिक राज्य निर्माणसम्म मधेसले दिएको योगदान कृषि, व्यापार, ज्ञान, संस्कृति र अर्थतन्त्रका हरेक तहमा स्पष्ट देखिन्छ तर ऐतिहासिक बुझाइको दूरी, राजनीतिक केन्द्रीकरण र भाषिक–सांस्कृतिक उपेक्षाले मधेसी समाजमा असमानताको अनुभूति गहिरिँदै गएको यथार्थलाई नकार्न सकिँदैन । अब आवश्यक कुरा मधेस–पहाडलाई अलग–अलग होइन, पूरक भूगोल र साझा पहिचानका रूपमा स्वीकार गर्दै सम्मान, संवाद र समावेशी नीतिमार्फत आपसी विश्वास सुदृढ गर्नु हो । सङ्घीय संरचना, संवैधानिक मूल्य र विविधताको सम्मानलाई व्यवहारमा उतार्न सके मधेस अपेक्षा र उपेक्षाको द्वन्द्वबाट बाहिर निस्केर समावेशी, न्यायपूर्ण र सशक्त नेपालको निर्माणमा केन्द्रीय भूमिकामा उभिन सक्छ ।

Tags: विचार

Discussion about this post

Related Posts

कहि त जैतौ हमर कसुर

कहि त जैतौ हमर कसुर

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

सेबोनले सार्वजनिक ग¥यो मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

हजारौं आप्रवासी एकैपटक स्पेन पस्दा ‘संकटकाल’ घोषणा

कुमारी बैंकको २.५८ लाख बढी संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनको अवसर

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!