जनकपुरधाम/पुस २७ गते। राष्ट्रिय मुक्ति पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वराज्यमन्त्री चन्द्रकान्त चौधरीको ८५ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
डाक्नेश्वरी नगरपालिका–५ पातो स्थित आफ्नै निवासमा उनको निधन भएको हो । पूर्वप्रधानपञ्च रहिसकेका चौधरी नेपाली कांग्रेस हुँदै पछि राजपा नेपालबाट सप्तरी–३ का प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
उनी जलस्रोत, ऊर्जा तथा सिँचाइ राज्यमन्त्रीसमेत बनेका थिए । समाजसेवामा सक्रिय चौधरीले विद्यालय, नगरपालिका कार्यालय र हाटबजारका लागि जग्गा दान गरेका थिए। उनका दुई छोरा र एक छोरी छन् ।













Discussion about this post