nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १८, २०८२, १२:०७ मध्यान्ह
‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

मंसिर १८ गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मधेश प्रदेशमा अपनाएको ‘असंवैधानिक’ र अलोकतान्त्रिक कदमले अपूरणीय क्षति पुर्‍याएको छ।

एमालेले प्रदेश प्रमुख, सभामुख र अन्ततः मुख्यमन्त्रीको पद गुमाएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार विश्वासको मत जुटाउन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार दिउँसो प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएका छन् ।

मधेश प्रदेशको राजनीतिक संकटको बीउ कात्तिक २३ गते रोपिएको थियो । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी उपचारको नाममा जनकपुरधामबाट काठमाडौं हिडेकी थिइन् ।

तर उनी काठमाडौं नपुगी बर्दिवासको पानस कटेज पुगेर त्यहींबाट एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । र, होटेलमा झिसमिसेमा शपथ खुवाइएको थियो । यस घटनापछि मधेशको राजनीति संवैधानिक र लोकतान्त्रिक ट्र्याकबाट बाहिर गएको थियो।

प्रदेशसभाको बहुमतले सरकार बनाउने प्रावधान उल्लंघन गर्दै गरिएको नियुक्तिपछि संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २४ गते भण्डारीलाई पदमुक्त गरेका थिए ।

यस्तै, एमालेको पक्षमा भूमिका खेल्ने सभामुख रामचन्द्र मण्डलविरुद्ध विपक्षी सात दलले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै मंसिर ३ गते प्रदेशसभामा प्रस्ताव दर्ता गराए । दुईतिहाइ बहुमतले पारित भएपछि मण्डल पनि पदमुक्त भए ।

यी घटनाक्रमले एमालेको मधेशमा रहेको राजनीतिक आधार कमजोर बनायो । १०७ सदस्यीय प्रदेशसभामा एमालेका २४ सांसद छन्, तर लोसपा र एमालेका एक–एक सांसद निलम्बित हुँदा प्रभावकारी संख्या १०५ मात्र रह्यो।

बहुमतका लागि ५३ मत चाहिने अवस्थामा मुख्यमन्त्री यादवको पक्षमा राप्रपा र संघीय समाजवादी फोरमका एक–एक गरी कुल २६ मत मात्रै उपलब्ध थिए। अर्कोतर्फ, कांग्रेस (२२), जसपा (१९), जनमत पार्टी (१३), माओवादी केन्द्र (९), लोसपा (८), एकीकृत समाजवादी (७) र नागरिक उन्मुक्ति पार्टी (१) गरी विपक्षी गठबन्धनसँग ७९ मत थियो ।

सर्वोच्चको परमादेश र विश्वासको मतको असफल

मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध विपक्षी ७३ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा नियुक्ति बदरको माग राखिएको थियो ।

गत सोमबार न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको इजलासले परमादेश जारी गर्दै आदेश प्राप्त भएको २४ घण्टाभित्र विश्वासको मत लिने प्रस्ताव पेश गर्न निर्देशन दियो ।

विश्वासको मत लिन बुधबार प्रदेशसभा बैठक बोलाइएको थियो । तर, विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री यादवले राजीनामा घोषणा गरेका छन् । बैठक बिहान साढे ८ बजे बोलाइएको थियो, तर यादव उपस्थित नभएकाले बैठक स्थगित भयो । दिउँसो बसेको बैठकमा उनले राजीनामा पेश गरे ।

यस घटनापछि एमाले मधेशमा पूर्ण रूपमा एक्लिएको छ । प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्री सबै पद गुमाएपछि पार्टीको प्रभाव सीमित भएको छ । विपक्षी गठबन्धन अब बहुमतको सरकार गठनका लागि अघि बढ्ने तयारीमा छ ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!