nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रविधिमार्फत हुने लैङ्गिक हिंसा बढ्दो, महिलाहरू उजुरी दर्ता गर्न अझै हिच्किचाउछ्न

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ९, २०८२, १२:३४ मध्यान्ह
प्रविधिमार्फत हुने लैङ्गिक हिंसा बढ्दो, महिलाहरू उजुरी दर्ता गर्न अझै हिच्किचाउछ्न

module: a; hw-remosaic: 0; touch: (0.37592593, 0.37592593); modeInfo: ; sceneMode: LLHDR; cct_value: 4343; AI_Scene: (-1, -1); aec_lux: 314.77045; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

जनकपुरधाम । प्रविधिमार्फत हुँदै आएको लैङ्गिक हिंसा बढ्दो रहेकामा सरोकारवाला निकायहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । विशेषगरी महिला तथा किशोरीहरूले सामाजिक सञ्जालमार्फत हुने विद्युतीय लैङ्गिक हिंसा भोगे पनि प्रहरीमा उजुरी दर्ता नगर्ने गरेको तथ्यांकले देखाएको छ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको पूर्वसन्ध्यामा सोमबार जनकपुरधाममा आयोजित “प्रविधि मार्फत हुने लैङ्गिक हिंसा” विषयक पत्रकार अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोनु साहले यो तथ्य सार्वजनिक गरेका हुन्।

उनका अनुसार चालु आर्थिक वर्षमा मधेश प्रदेशमा सामाजिक सञ्जालमार्फत मात्रै ४२५ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएका छन्। प्रदेशका आठमध्ये सबैभन्दा धेरै सप्तरीमा ११६ घटना दर्ता भएको उनले जानकारी दिए।

गत आर्थिक वर्षमा भने कुल १ हजार १ सय ५६ मुद्दा दर्ता भएको थियो। तीमध्ये ४११ मुद्दा सबैभन्दा बढी एकै जिल्लाबाट दर्ता भएका थिए। सामाजिक सञ्जाल माध्यमअनुसार फेसबूकमार्फत ४९३ र टिकटकमार्फत ४७८ मुद्दा दर्ता भएको प्रहरी तथ्यांकले देखाउँछ। धनुषामा मात्र फेसबूकका २०५ र टिकटकका १७० घटना दर्ता भएका थिए।

निरीक्षक साहका अनुसार दर्ता भएका घटना वास्तविक अवस्थाको सानो अंश मात्र हुन्। “धेरैजसो हिंसा घरपरिवार वा चिनजानका व्यक्तिबाट हुने भएकाले उजुरीसम्म पुग्दैन,” उनले बताए।

कार्यक्रममा ILO, UNFPA, UNICEF र UN Women सहकार्यमा सञ्चालन भइरहेको ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमबारे पनि जानकारी दिइयो। “प्रविधिको सही प्रयोग, लैङ्गिक हिंसाको अन्त्य” भन्ने नारा सहित सुरू हुन लागेको १६ दिने अभियानलाई प्रभावकारी बनाउन यो अन्तरक्रिया आयोजना गरिएको हो।

कार्यक्रममा UNFPA का श्रीराम हरिदासले अभियान र कार्यक्रमबारे विस्तृत जानकारी प्रस्तुत गरे। EWPEN की संगीता यादवले ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमका उद्देश्य तथा क्रियाकलापबारे प्रष्ट्याइन्। त्यस्तै UNFPA का समीर घिमिरेले प्रविधिमार्फत हुने लैङ्गिक हिंसा तथा कानुनी व्यवस्थाबारे जानकारी राखे।

यूनिसेफकी किशोरी प्रतिभागी प्रियंका झाले आफ्ना अनुभव तथा सामाजिक सञ्जालमा कसरी सुरक्षित रहने भन्ने विषयमा धारणा राखिन्। पत्रकार माधुरी महतो र मनिका झाले क्रमशः अनुभव साझेदारी तथा प्रविधि आधारित हिंसा विषयक पत्रकारिता रिपोर्टिङका कोणबारे जानकारी प्रस्तुत गरे।

सन् २०२३ देखि २०२६ सम्म सञ्चालन हुने उक्त कार्यक्रमको बजेट USD 19.5 million (नेरू २ अर्ब ७८ करोड ७ लाख ६ हजार) रहेको छ। कार्यक्रम मधेश, कर्णाली र सुदूरपश्चिम गरी तीन प्रदेशमा सञ्चालनमा छ भने मधेश प्रदेशका ३२ स्थानीय तहमा कार्यक्रम कार्यान्वयन भइरेको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि