मङ्सिर ७ गते। आउँदो फागुन २१ गते तोकिएको निर्वाचनमा मधेशवादी दलहरुले मिलेर चुनाव लडने निर्णय गरेका छन् । विभिन्न मधेश केन्द्रीत दलहरु मिलेर गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय सभा र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा मोर्चा घटक दलहरु मिलेर चुनाव लडने निर्णय गरेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बबरमहल स्थित केन्द्रिय कार्यालयमा सम्पन्न मोर्चाको बैठकले मिलेरै चुनाव लडने निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जनाएको छ ।
मोर्चाको बैठक पछि अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरि आसन्न निर्वाचन, स्वच्छ, भयरहित हुने वातावरण निर्माण गर्न सरकार संग मांग समेत गरेका छन ।
मधेशको मुद्दाहरुमा समान धारणा बनाउदै सरकारलाई दवाव दिने उद्देश्यले गठित मधेश आधार क्षेत्र बनाएर राजनीति गर्दै आएका सात दलको मोर्चा निर्वाचनमा समेत एकजुट भएको छ ।














Discussion about this post