कार्तिक १८ गते। गत असोज ३१ गते धनतेरसको पुर्व सन्ध्यामा प्रहरी छापामारेको विरोधमा जनकपुरधामका व्यवसायीहरु आन्दोलीत भएका छ। छापामारेको विरोधमा आज जनकपुरधामका व्यवसायीहरुले पसल बन्द गरेर बिरोध गरेको छ । अवैध रुपमा प्रहरीले छापा मारेको भन्दै जनकपुरधामका व्यवसायीहरुले धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बम र घुमुवा प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवलगायतलाई कारबाही गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी र मधेस प्रदेशका डिआइजीलाई ज्ञापन पत्र बुझाएकोमा कारबाही नगरेको भन्दै आज दिउँसो १२ बजेसम्म पसल बन्द गरेर विरोध गरेका हुन्।
जनकपुरधाम उद्योग वाणिज्य संघको आह्वानमा जनकपुरधामका सम्पूर्ण व्यवसायीले आ–आफ्नो पसल बन्द गरेर विरोध जनाएका छन् । साथै आज बिहान उद्योग वाणिज्य संघबाट निस्केको विरोध र्याली नगरको विभिन्न चोकमा प्रदर्शन गरेर जनकचोकमा कोण सभा गरेका छन् ।
व्यवसायीहरुले चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन् जसअनुसार शनिबार, आइतबार र सोमबार आ–आफ्नो पसलमा कालो झण्डा र कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गरेका थिए भने आज मंगलबार १२ बजेसम्मका लागि पसल बन्द गरेका छन् ।गत असोज ३१ गते सुनचाँदी बजारमा घटेको घटनामा प्रहरीद्वारा दमन गरिएको र व्यापारीलाई तर्साउने काम भएकोमा कारबाहीका लागि चार बुँदे मागसहित धनुषाका प्रमुख जिल्ला अधिकारी र मधेस प्रदेशका डिआइजीलाई ज्ञापन दिएकोमा कुनै सुनवाइ नभएपछि विरोधमा उत्रेको संघका उपाध्यक्ष गौतम साहले जनाएका हुन् ।

अवैध रुपमा भित्रिएको सुनचाँदी बिक्री भईरहेको सूचनाको आधार प्रहरीको टोली गत असोज ३१ गते छापा मार्न जाँदा व्यापारी र प्रहरीबीच झडप भएको थियो । सोही क्रममा प्रहरीमाथि ढुगामुढा गर्दा झापड भएको थियो । ढुगामुढा भएपछि प्रहरीले लाठि चार्ज गर्दा तनाव सृजना भएको थियो । प्रहरीले सो क्रममा अश्रुग्यास र हवाई फायर गरेका थिए भने प्रहरीको लाठी चार्जबाट संघका अध्यक्ष सुरेन्द्र भण्डारी लगायत केही जना घाइते भएका थिए । आजको आन्दोलनबाट पनि हाम्रो माग पुरा नभएको खण्डमा हामी थप आन्दोलनको कार्यक्रम घोषणा गरी थप आन्दोलन गर्ने जनकपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष सुरेन्द्र भण्डारीले बताएका छन्।














Discussion about this post