जनकपुरधाम/कार्तिक ८ गते । धनुषाका जेनजी युवाहरू आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
धनुषा जिल्लाको सबैला नगरपालिका – ९ कुशमाहामा हिजो दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा जेनजी युवाहरू आजपामा प्रवेश गरेका हुन ।
आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले उनिहरुलाई पार्टीमा प्रवेश गराउदै देश र जनताको सेवामा लाग्न आग्रह गरे ।
जेनजी युवाहरुको माग अनुसार सुशीला कार्की नेतृत्वको सरकारले काम नगरेको बताउदै आजपा अध्यक्ष साहले भ्रष्टाचारी र जेनजी आन्दोलनका हत्यारालाई कारबाही गर्न वर्तमान सरकारले खुट्टा कमाएको बताए ।
`यदी यो सरकारले जेनजी आन्दोलनका हत्यारा र भ्रष्टाचारीलाई कारबाही नगर्ने हो भने एक मिनेट पनि कुर्सीमा बस्ने नैतिक अधिकार छैन,´ आजपा अध्यक्ष साहले भने, `केवल सत्ता परिवर्तनका लागि जनबिद्रोह भएको होईन । सात्तामा बस्ने हो भने जेनजी आन्दोलनका हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ ।´
सो कार्यक्रममा धनुषाका जेनजी युवाहरु आकाश मिश्रा, दिपेशकुमार साह, शैलोकुमारी साह, आशाकुमारी मण्डल, चन्दाकुमारी मण्डल लगायतकाले पार्टी प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन ।













Discussion about this post