nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनसंघर्षलाई निर्वाचनसँग जोड्न पार्टी-पँक्तिलाई प्रभु साहको निर्देशन

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ४, २०८२, ११:१३ मध्यान्ह
जनसंघर्षलाई निर्वाचनसँग जोड्न पार्टी-पँक्तिलाई प्रभु साहको निर्देशन

काठमाडौं/असोज ४ गते । आम जनता पार्टीले देशको अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने र राष्ट्रिय स्वाधिनता बचाउन संघर्ष गर्नुपर्ने आवश्यकत्ता औंल्याएको छ । आज (शनिबार) बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय लिएको हो । आजपाले अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेकोले नयाँ निकास खोजिनुपर्ने माग गरेको छ ।

अध्यक्ष प्रभु साहले देशको पछिल्लो अवस्थाबारे प्रकाश पार्दै पार्टी पँक्तिलाई संयमित र चनाखो भएर संघर्षसहित चुनावी अभियानमा मैदानमा होमिन अपिल गरेका छन् । साहले जनसंघर्षलाई निर्वाचनसँग जोड्नपनि आम पार्टी पँक्तिलाई आह्वान गरेका छन् ।

साहले भने,‘अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । दुई तिहाईको केपी ओली र शेरबहादुर देउवाको सरकार बर्खास्त भएको छ । ससद् विघटनसहित अन्तरिम सरकार बनेको छ । भ्रष्टाचारमुक्त नेपाल बनाउने युवाहरुको चाहनाअनुरुप नयाँ संविधानसहित नयाँ सरकार बन्नुको साटो उही पूरानै नेताहरुको सहमति र संयोजनमा नयाँ सरकार बनेको छ । आन्दोलनको मुद्दालाई कुर्सीसँग साट्ने यस खेलले जनतामा असन्तुष्टि र आक्रोश बढ्दो छ । यस जटिल एवं चूनौतिपूर्ण अवस्थामा देशलाई अगाडि बढाउन यस घट्नाक्रमले गम्भीर समीक्षा जरूरी छ ।’

बैठकमा अध्यक्ष साहले जेन–जी आन्दोलनको समेत चर्चा गरेका थिए । सो क्रममा उनले देशलाई असफलताबाट बचाउनको लागि आफ्नो दलले सुरूदेखि चाल्दै आएको कदम र लिएको नीति र निर्णयको समेत प्रकाश पारेका थिए । सम्बोधनको क्रममा साहले भने,‘देश एकदमै विषम परिस्थितिमा गुज्रिएको थियो, स्वघोषित राजा ठान्ने नेताहरुको अत्याचार र भ्रष्टाचारबाट जनता आक्रान्त भएको अवस्था थियो, घुस, कमिशन तथा कर आतंकले सिंगै अर्थतन्त्र धराशयी हुँदै गएको थियो, वैदेशिक हस्तक्षेप एवम् नेताहरुको दलालीले देश असफलताको कगारमा पुगेको विषम परिस्थितिबाट देशलाई बचाउन हाम्रो आम जनता पार्टीले सुरु गरेको दलाल दलतन्त्रविरुद्ध तेस्रो जनआन्दोलनको प्रभाव गुणात्मक ढंगले अगाडि बढिरहेको सन्दर्भमा ओली सरकारले एक्कासी सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ताले सामाजिक सञ्जाल प्रतिवन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलनको उद्घोष गरे । जेन-जी पुस्ताको आन्दोलनका जायज माग सम्बोधन गर्नुको साटो सरकारले युवाहरुमाथि बर्बर नरसंहार मच्चायो । प्रहरीको गोली लागि पहिलो दिनमै दर्जनौं युवाहरुको मृत्यु भयो । सयौंको संख्यामा युवाहरु घाइते भए । कलिला उमेरका निर्दोष युवाहरुमाथि भएको यस नरसंहारले दलतन्त्रबाट आजित जनतालाई अझ आक्रोशित बनायो । त्यहीकारण दोस्रो दिन हत्यारा सरकारविरुद्ध आम जनता सडकमा आएर संसद् भवन, राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, सुरक्षा नकिायलगायतका राज्यको प्रमुख अंगहरुको कार्यालय खरानी बनाए । सरकारलाई चूनौतिमात्रै दिएनन्, राज्यका विधि, विधान र संविधानलाई समेत अस्विकार गरे ।’

साहले जनताले सडकमार्फत सरकार, संसद् र संविधानलाई अस्विकार गरिसकेको अवस्थामा देशको सहज निकासको लागि अन्तरिम सरकार र अन्तरिम संविधान बन्नुपर्नेमा पूरानै व्यवस्थाअन्तर्गत तिरस्कृत नेताहरुको सहमति र संयोजनमा अन्तरिमक सरकारमात्र बन्नुलाई विडम्बना भनेका छन् । उनले भने,‘यो सरासर जनअन्दोलनको मर्मविपरित हो । केही लम्पट युवाहरुको कुर्सीमोह र अदूरदर्शी सोचका कारण युवाहरुको बदलावको सपनालाई सरकारी कुर्सीसँग साट्ने काम भयो ।’

साहले व्यवस्था बिग्रिएकै कारण देशको अवस्थापनि बिग्रिएको टिप्पणी गरे । उनले राज्यको सिस्टमलाई छोडेर सरकार बदल्ने कुरा जनआन्दोलनप्रतिको धोकामात्रै भएको पनि जिकिर गरेका छन् । उनले जेन–जी आन्दोलनलाई उपलब्धिमूलक बनाउन र जेनजी पुस्तालाई कलंकित हुनबाट बचाउन व्यवस्था बदलावको मुद्दालाई अझै जोडदार र सशक्त ढंगले अगाडि बढाउनुपर्ने पनि आवश्यकत्ता औंल्याएका छन् ।

साहले अहिलेको भगौडा दलालको लुटकारी शासन व्यवस्थाको विकल्पबिना अवस्थामा सुधार सम्भव नै नभएको ठोकुवा गरेका छन् । साहले भने,‘पश्चमगामीको डर देखाएर यथास्थितिलाई सही भन्ने जुन कुचेष्टा भइरहेको छ, त्यो सरासर गलत हो । गलत व्यवस्था जहिल्यैपनि गलत नै हुन्छ भन्ने कुरा हामीले बुझ्न जरूरी छ । जेन–जी आन्दोलनको सही उपयोग भएन भने देशले अझै दुःख पाउनेछ ।’ साहले जेनजी पुस्तासामू दुईवटामात्रै विकल्प रहेको सुनाए । पहिलो विकल्प, आन्दोलनको सही सम्बोधन गरी इतिहासमा देउतातुल्य सम्मानित हुने र अर्को आन्दोलनलाई कसैको निहित स्वार्थमा प्रयोग गरी सिंगै युवा पुस्तालाई राक्षस बनाउने रहेको साहको भनाई छ ।

देशमा विद्यमान गलत व्यवस्थाकै कारण साम्राज्यवादी हस्तक्षेप बढ्दो रहेको साहले औंल्याएका छन् । उनले भने,‘राष्ट्रियता दिनप्रति दिन कमजोर हुँदैछ । दलतन्त्र हाबी छ । चाहे पूराना होउन् वा नयाँ, जो आएपनि नोकै मनोमानी छ । जनता लाचार र नेता मालामाल अहिलेको व्यवस्थाको उपज हो ।’

बैठकमा साहले राष्ट्रियताको विषयमा अलिक बढि जोड दिएर प्रकाश पारेका थिए । उनले नेपालमा भगौडा दलाल वर्गको बर्चश्व रहेकै कारण वैदेशिक हस्तक्षेप बढ्दो रहेको साहको टिप्पणी छ । उनकाअनुसार यतिवेला राष्ट्रिय स्वाधिनताको विषय गम्भीर बन्दै गएको छ ।

उनले भने,‘आज साम्राज्यवादी देशका नागरिकहरुले नेपाली नागरिकता खुलेआम प्राप्त गरिरहेका छन् । विश्वमा कहीँ नभएको दुई देशको नागरिकताको प्रावधान नेपालमा छ । यतिमात्र होईन, देशको पैसा बिना रोकतोक विदेश लाने छुट छ । शाषकहरुले आफ्नो भएभरका सम्पत्ति र सन्तान विदेशमा लग्दैछन् । राज्यको चरित्र भनेकै देशलाई लुटेर विदेशमा लाने लुटेरा र भगौडाजस्तो भएको छ । नेपालको साधनस्रोत, जनशक्ति एवं पुँजी दिनानुदिन पलायन हुँदैछ । एकातिर देश लुटेर विदेश लानेहरु सम्मानित हुँदैछन् भने अर्कोतिर विदेशबाट पैसा नेपाल ल्याउनेहरु र नेपालमै भविष्य देख्नेहरु अपमानित हुँदैछन् ।’ आफ्नो पार्टीले सुरु गरेको कालो धन फिर्ता ल्याउने र मुख्य भगौडाहरुको सम्पत्ति कब्जा गर्ने अभियानको सान्दर्भिकता अझै बढेर गएको पनि साहको दाबी छ ।

बैठकमा साहले लोकतन्त्रको समेत चर्चा गरेका थिए । नेपालमा अहिले लोकतन्त्र केवल देखाउन दाँतमा सिमित भएको उनको निश्कर्ष छ । उनले भने,‘नेपालमा दलतन्त्रले जनता लाचार र देश बर्बाद भैरहेको छ । लोकतन्त्र केवल देखाउने दाँतमात्रै भएको छ, चपाउने दाँत त दलतन्त्र बनेको छ । यहाँ जनताको नाममा पार्टीको शासन छ, पार्टीभित्र गुट छ, गुटभित्र पनि नेताको नियन्त्रण छ ।’ साहले जननिर्वाचित संस्थामाथि गैरनिर्वाचित संस्थाको हैकम भएको पनि टिप्पणी गरे । उनले भने,‘नेपालमा अहिले जनप्रतिनिधिहरु पार्टी र नेताको कारिन्दा बन्न बाध्य छन् ।’

साहले आफूहरुले सुरु गरेको तेस्रो जनआन्दोलनले नयाँ विकल्पको आधार खडा गरेको स्पष्ट पारे । नेपालमा संविधान, कानून र संवैधानिक संरचनाहरु समेत नेताहरुको लंगौटी बनेको साहको दाबी छ । सो क्रममा साहले देशको अर्थतन्त्रको पनि चर्चा गरेका थिए । राज्यको लुटकारी चरित्रले गर्दा देशको अर्थतन्त्र धराशयी भइरहेको उनको निश्कर्ष छ ।

उनले नेपालमा अहिले ‘जहाँ राज्य छ, त्यहाँ भ्रष्टाचार छ’ भन्ने कुरा पुष्टि भैसकेको सुनाए । लुट र भ्रष्टाचार नेताहरुको पेशा भएको उनको आरोप छ । साहले पार्टीले लिएको भ्रष्टाचारीलाई जनकारबाहीको नीतिले जनतामा ठूलो जागरण ल्याएको कुरा भर्खरै सम्पन्न जेनजी आन्दोलनमा भ्रष्टाचारीमाथि जनताले खोजी–खोजीगरेको हमलाले पुष्टि गरेको स्पष्ट पारे । आफ्नो पार्टीले दुई वर्षअघि नै गरेको तेस्रो जनआन्दोलनको उद्घोष र लिएको जनसंघर्षका कार्यक्रमहरुको समेत अध्यक्ष साहले चर्चा गरेका थिए । सो क्रममा साहले जनताको शासन व्यवस्थासहितको संवैधानिक खाका छिट्टै प्रस्तुत गर्ने भनेका छन् ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!