भदौ २७ गते। पूर्व राष्ट्रपति डा. रामवरण यादवले जेन–जी को आन्दोलनपश्चात् सिर्जित राजनीतिक–प्रशासनिक अन्योलको अन्त्य गर्दै हरेक नागरिकको जीउ र धनको सुरक्षा सुनिश्चित् गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोर्याउन जिम्मेवार निकाय र पदाधिकारीहरुले अब थप विलम्ब गर्ने छैनन् भन्ने विश्वास राखेका छन् ।
उनले यस प्रयोजनको निम्ति नेपालको संविधान–२०७२ र त्यसले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एकमात्र निरपराध उपाय भएको यादवको दाबी छ । पूर्व राष्ट्रपति यादवले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘बलिदानपश्चात्, जननिर्विाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान–२०७२ को सही कार्यान्वयनबाट नै ‘जेन–जी’ पुस्ताको आकांक्षा र उद्देश्यहरु समेत पूरा गर्न सम्भव छ भन्ने मेरो मान्यता छ ।’

Beta feature
Beta feature













Discussion about this post