जनकपुरधाम/भदौ २६। जनकपुरधाम घरजग्गा व्यवसायी संघले आन्दोलनका क्रममा भएको जनधनको क्षति प्रति गहिरो दु:ख व्यक्त गरेको छ। संघले जेनजीको आन्दोलनमा ज्यान गुमाएको जेनजी साथीहरुलाई श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अन्तरिम सरकार गठन प्रक्रिया टुंगोमा पुर्याउन आग्रह गरेको छ।
संघले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रस्टाचार विरुद्ध को आन्दोलनमा सरकार घुडा टेकाउन सफल भएकोमा जेनजी साथीहरुलाई बधाई दिदै घाईते परिवारलाई उचित आर्थिक सहयोग उपलब्ध गराउन माग गरेको छ।
संघका अध्यक्ष रञ्जित पजियार र महासचिव सुरेन्द्र कुमार साह द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “जेनजी सहिदको आन्दोलन निष्कर्षमा पुगी सकेकोले वार्ताको वातावरण बनाई संयमित,धैर्यता तथा परिवर्तनमुखी आन्दोलनको परिणामको लागि प्रतिक्षा गर्नुपर्दछ।
संघले जेनजीहरुको नाम बादनाम गरी सार्वजनिक र निजि व्यसायिक सम्पत्ति माथि तोडफोड, आगजनी, लुटपाट जस्ता क्रियाकलाप देखिएकोले सम्पूर्ण जेनजी साथीहरु र नेपालीवासीहरुलाई विज्ञप्ति मार्फत ध्यान आकर्षण गराएको छ । साथै, देशको निम्ती संघले आन्दोलनमा ज्यान गुमाएको जेनजीको आत्माको चीरशान्तिको कामना गर्दै आन्दोलनको उचित समाधानका लागि सरोकारवालाहरूलाई गम्भीर ध्यानाकर्षण गराएको छ।

Beta feature




















Discussion about this post