nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

के भन्दै छ पुर्वराजा ज्ञानेन्द्रको जन्मकुण्डली – ज्योतिष डा बिबेक

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २६, २०८२, १२:१२ मध्यान्ह
के भन्दै छ पुर्वराजा ज्ञानेन्द्रको जन्मकुण्डली – ज्योतिष डा बिबेक

जन्म
पूर्व राजा ज्ञानेन्द्रको जन्म विसं २००४साल असार २३ गते सोमबार, चतुर्थी तिथिमा साँझको ९:४९ बजे काठमाडौंमा भएको छ।

अशुभता
यिनको राशी कुम्भ । शुक्लपक्ष चतुर्थी भद्रा भित्र पनि परेकोले अशुभ हुन्छ भनी जन्मको केही समयसम्म मावलीमा पालिएको हुन सक्छ ।

अर्कोतिर दुइ केन्द्रको मालिक शुक्र केन्द्रमा मित्रगृही भएर बसेको छ र केन्द्रमा बसेका तीन तीन ग्रहले राज्य भावमा पूर्ण दृष्टि दिइरहेको पाइन्छ। सुखको मालिक वुध साथमा रहेर बुधादित्य योग निर्माण गरिरहेको छ । यहाँ बुध पनि वक्री अवस्था मै छ । यो अत्यन्त शुभ संकेत हो ।

दीर्घायु
लग्न मालिक गुरू वक्री भयेर आठौ स्थानमा रहेको छ यसले दीर्घायु देखाउँछ ।सूर्य राज्य वा राजनीतिको कारक ग्रह केन्द्रमा बसेर राज्यभावलाई पूर्ण दृष्टि दिइरहेको छ । वृहस्पति आठौँमा बसेर विदेश यात्राभावमा दृष्टिदिइरहेको छ ।

सिंहासन
राहू पराक्रम भावमा बसेर राज्यभावमा मङ्गल समेतले संयुक्त दृष्टि दिई सिंहासन योग पनि बनाइरहेको पाइन्छ। त्यसैमा भाग्यको मालिक मङ्गल समगृही भएर युति गरिरहेछ । यी दुबै ग्रहले राज्यभावमा पूर्ण दृष्टि दिइरहेका छन् । मङ्गल तृतीय स्थानमा रहनु पराक्रमको दृष्टिले राम्रो मानिए पनि दाजुभाइका लागि राम्रो मानिदैन ।

दुर्घटना
त्यसमा पनि राहू मिसिएकोले दाजुभाइमा दुर्घटनाको सङ्केत दिएको पाइन्छ। भाग्येश र पराक्रमेश भयेर मङ्गल पराक्रम भावमा बसेको छ । केही न केही नगरी चूपचाप बसिरहने व्यक्तित्व हैन ।

तीर्थाटन
नवौभावमा वसेको केतुले पवित्र नदी र धार्मिक स्थलहरूमा भ्रमण गराउँछ । पूर्व राजा ज्ञानेन्द्रको कुण्डलीमा कल्प वृक्ष,वेशी,उभयचरी, बुधादित्य योग समेत बनेका छन् । सूर्य चौथो भावमा स्वगृही,बुध र शुक्रको साथमा छ।

दशौ र चौथाको मालिकहरू एक अर्कामा स्थान दृष्टि रहेका
वाल्यकालमा सिंहासन
त्यसैका कारण यिनी आफ्नो उमेर३वर्ष ४ महिनाको अवधिमा पहिलो पटक राजा भये । यिनलाई मङ्गल पत्नी भ्रामरीको महादशामा भ्रामरीकै अन्तरमा राज्य सिंहासन थोरै समयको लागि पहिलोपटक प्राप्त भयेको थियो ।

यता राहूको अन्तरमा अष्टम भाव ओगटेर बसेका बृहस्पतिको अन्तर पनि चलिरहेको थियो । तर बुध पत्नी भद्रिका आएपछि सत्ता गुम्यो ।

दोश्रो पटक सिद्धा शुरू हुनु पूर्वै ५३र१०मा राज्य प्राप्त भयो । तर सिद्धाकै महादशामा उल्का शुरू हुनासाथ खोसियो । उल्काले प्राय स्थान,मान र प्रतिष्ठा गुम्ने नै गरेको पाइन्छ,उल्काले आफै पद छोड्न प्रेरित गर्दछ। यसबेला चौथाको मालिक बुधमा बुधकै अन्तरमा राज्य प्राप्त भयेकोमा स्थान साटासाटमा बलवान भयेर बसेको पुत्र स्वामी द्वादश गृही चन्द्रको अन्तरमा आफ्नै कमजोरीले खोसियो ।

यहा ज्ञानेन्द्रलाई चौथो भाव स्थित वुध,शुक्र,सूर्य र नवौ केन्द्र स्थित केतुले राज्य दिएको देखिन्छ। साथै अनायास चिट्ठा जस्तो पद प्रतिष्ठा पराक्रम भाव स्थित राहूले दिने गर्छ । तर विदेश स्वामी शनिको राशी जुन शनि पाचौ भावमा बसेको छ,चन्द्रले खोसिदियो अर्थात् विदेशीहरूको सहयोगमा खोसियो । ६० वर्ष १० महिना २१ दिनमा यिनी सिंहासनच्यूत हुन पुगे ।

राहूबाट राजयोग

मृगपति वृष कन्या कर्कटस्थे च राहौ ।।
भवति विपुल लक्ष्मी राजयोगाधियो वा ।।

५,२,६,४ राशिमा राहू बसेको छ भने त्यो मानिस विपुल सम्पत्तिका साथ राजाधिराज हुन्छ भनिएको पाइन्छ। । यहा ज्ञानेन्द्रको कूण्डलीमा साथ रहेको राहुले राज्य सत्ता जादुझै दियो र खोस्यो ।

अब के हुन्छ ?

गोचरमा असार महिनामा सूर्य बुध नै आफ्नो ठाउँमा प्रवेश गर्दैछन् । राहु तेस्रोमा भयेर उचित मार्ग देखाइरहेको छ । हाल शनि (विदेश) र राहू (बुढापाकाहरू)ले अनुकूल वातावरण बनाए पनि बौद्धिक बर्गको साथ पाउन सकेको देखिँदैन । अर्को वर्ष वृहस्पति पनि अनुकूल भयेर आफ्नै राशिमा विचरण गर्दैछन् त्यसैले बौद्धिकवर्गले पनि साथ देलान् । अर्को वर्ष मुलुकको लग्नलाई पनि लग्नमा आफ्नै राशिमा पुगेका वृहस्पतिले दृष्टि दिनेछन्। त्यसपछि मुलुकले पूर्व राजा ज्ञानेन्द्रलाई खोज्ने योग रहेको छ ।

अनुकूल समय

तर पूर्व राजा ज्ञानेन्द्रलाई शुक्रको अन्तरमा नै राज्य प्राप्त गर्ने योग अनुभवले देखाएकोले उहाको उमेरको ७८ बर्षमा शुक्रको अन्तर बीचमा फेरि सत्ता प्राप्त हुन सक्ने योग रहेको छ । (राजाको आफनो उमेरको ७८ देखी ८१ को उमेरमा राजा फर्किने प्रबल योग र्सार्थकता देखाउदै छ )

अब फेरि लगातार राज्यले यिनको सहभागिता विना व्यवस्थापनमा अप्ठ्यारो महसुस गर्नेछ । राज्यको वर्तमान प्रणालीलाई केही कठिनाइहरू उत्पन्न हुन्छ ।

ज्योतिषगुरु डा बिबेकको
युवा ज्योतिष डा.विवेक बरिस्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन । उनी सहित उनका परिवार नेपालको स्थानिय देखि राजनितिको शिर्षतहका नेताहरुको राजपरीवारको समेत भविष्यवाणी, वास्तु तथा ज्योतिषीको काम गर्दै सफल र सार्थक सावित समेत हुदै आएका छन् ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु डा.बिबेक पाण्डेयलाई 9702527832 मा सम्पर्क गर्न सक्नुहुनेछ।)

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापन कानुन निर्माण

तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापन कानुन निर्माण

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

डेढलाख घुस लिने जनकपुरका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हिमालयन लाइफका तत्कालीन सीईओ कर्णलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

सिरहाको गोलबजार–३ गागन खोलामा महिलाको शव फेला, पहिचान खुल्यो

जनमत पार्टीको केन्द्रीय समितिको बैठक साउन १८ गते

जनमतले थाले दोस्रो महाधिवेशनकाे तयारी

जनकपुरधाममा युवालक्षित बजेट र कार्यक्रमको विवरण माग्दै युवाहरुले दर्ता गरे निवेदन

जनकपुरधाममा युवालक्षित बजेट र कार्यक्रमको विवरण माग्दै युवाहरुले दर्ता गरे निवेदन

धनुषामा एक युवती को लाश फेला

जनकपुरधाममा एक गेस्ट हाउस बाट एक युवती मृत फेला

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि