जनकपुरधाम/भदौ २२ गते । जनकपुरधाममा हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयदशमी यस वर्ष पनि भव्य र व्यवस्थित ढंगले मनाइने भएको छ। श्री महावीर युवा कमिटी र श्री राम युवा कमिटीको संयुक्त आयोजनामा शनिबार बसेको सर्वपक्षीय बैठकले पर्वलाई प्रत्येक वर्षझैँ यस वर्ष पनि विशेष तयारीसहित मनाउने निर्णय गरेको हो।
बैठकमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, तीनै तहका सुरक्षा निकायका प्रमुख, जनकपुरधाम उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, विभिन्न युवा क्लबका प्रतिनिधिहरु लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो।
श्री राम युवा कमिटिका महासचिव विजय साहका अनुसार यस वर्षको व्यवस्थापनमा शुद्ध खानेपानी, निरन्तर विद्युत् आपूर्ति, जनस्वास्थ्य र शान्ति–सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ। भक्तजनलाई बिहान र बेलुकी पर्याप्त खानेपानी उपलब्ध गराउने, मन्दिर क्षेत्रलाई लोडसेडिङमुक्त गर्ने तथा अष्टमीका दिन विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई आग्रह गरिएको बैठकले जनाएको छ।
यस्तै, पर्व अवधिभर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको बैठकले जनाएको छ।













Discussion about this post