भदौ १४ गते। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला सम्पूर्ण समाजको प्रगतिको आधार भएको बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई सम्पूर्ण समाजको प्रगतिको आधार भन्दै समाजमा महिलाको योगदानलाई संस्थागत सम्मान दिनुपर्नेमा जोड दिनुभएको छ ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घले शनिबार वीरगन्जमा आयोजना गरेको बृहत् महिला सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणसम्म महिलाहरूको अग्रणी भूमिका रहेको बताउनुभयो । तर, समाजमा महिलाले पु¥याएको योगदान अझै अपेक्षित स्तरमा सम्मानित नभएको उल्लेख गर्दै उहाँले महिलालाई आत्मविश्वासी र सक्षम देखाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
“महिलाको शक्ति र त्यागलाई संस्थागत रूपमा सम्मान गर्न सके मात्र समृद्ध नेपालको सपना पुरा हुन्छ,” भण्डारीले भन्नुभयो । सो क्रममा उहाँले मधेस क्षेत्रमा बढ्दो चुरे दोहनका कारण गम्भीर पर्यावरणीय असर देखिन थालेको चेतावनी दिनुभयो । भण्डारीका अनुसार चुरे क्षेत्रको दोहनका कारण तराई क्षेत्रमा मरुभूमीकरण, बाढी–डुबान र भूमिगत पानीको स्तर खस्कने समस्या चर्कँदै गएको छ । यी समस्याले सम्पूर्ण समाजलाई प्रभावित पारिरहेको भन्दै उहाँले सरकारलाई कडाइका साथ नियमन र नियन्त्रण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मधेस प्रदेशका विभिन्न क्षेत्रबाट उत्कृष्ट योगदान पु¥याएका महिलाहरूलाई सम्मानसमेत गरिएको थियो ।













Discussion about this post