जनकपुरधाम/भदौ १३ गते। सिटी पेन्ट्सले जनकपुरधाममा लञ्चिङ तथा डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा धनुषा र महोत्तरी जिल्लाभरका डिलरहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सिटी पेन्ट्स कम्पनीका प्रतिनिधि चिरञ्जीवी पाण्डेले कम्पनीले बजारमा ल्याएका उत्पादनहरूको विशेषता र गुणस्तरबारे जानकारी प्रस्तुत गरे। उनका अनुसार, सिटी पेन्ट्सले मूल्य, गुणस्तर (क्वालिटी) र एश्योरेन्समा कुनै सम्झौता नगरी उपभोक्तामुखी उत्पादन बजारमा ल्याएको हो। चिरञ्जीवी पाण्डेले सिटी पेन्ट्स टिकाउ, आकर्षक र वातावरणमैत्री पेन्ट्स भएको भन्दै यसले घर–भवनलाई दीर्घकालीन सुरक्षा दिने बताए।
सो अवसरमा कार्यक्रमको सहजीकरण गरेका शिवम हार्डवेयर जनकपुरका सञ्चालक ओम प्रकाश साहले डिलरहरूका लागि ल्याइएका विशेष स्किम र योजनाबारे जानकारी गराए। उनले धनुषा र महोत्तरी जिल्लाको लागि शिवम हार्डवेयरलाई सिटी पेन्ट्सको आधिकारिक विक्रेताको रूपमा नियुक्त गरिएको जानकारी पनि दिए।
डिलरहरूले सिटी पेन्ट्सको उत्कृष्ट गुणस्तर, सहज उपलब्धता र प्रतिस्पर्धी मूल्यका कारण बजारमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरे। उनीहरूले स्थानीय ग्राहकहरूले पनि सिटी पेन्ट्सलाई विश्वासिलो ब्राण्डका रूपमा स्वीकार गर्ने अपेक्षा राखे।
सिटी पेन्ट्सले यस कार्यक्रममार्फत मधेश प्रदेशमा आफ्नो व्यावसायिक यात्रा औपचारिक रूपमा सुरु गर्दै उपभोक्तालाई दीर्घकालीन टिकाउपन, आकर्षक रंग र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।














Discussion about this post