जनकपुरधाम/असार २० गते । जनता सहयोगी बचत ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तीन महिने निःशुल्क सिलाई कटाई तालिम सञ्चालन हुने भएको छ। संस्थाका अध्यक्ष राम चन्द्र पजियारका अनुसार तालिम यही असार २२ गतेदेखि जनकपुरधाम उपमहानगरपालिका–२ स्थित पजियार भवनमा सुरु हुनेछ।
सिलाई कटाई सीपमार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले ९८०७८०८४७३ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
संस्थाले विगतदेखि नै विभिन्न सीपमूलक तालिममार्फत समुदायमा योगदान दिँदै आएको र यसपटक पनि युवती तथा महिलाहरुलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको अध्यक्ष पजियारले जानकारी दिए। तालिम पूर्ण रूपमा निःशुल्क हुने तथा दक्ष प्रशिक्षकको उपस्थितिमा सञ्चालन गरिने जनाइएको छ ।














Discussion about this post