जनकपुरधाम/जेठ १७ गते। महोत्तरी -मटिहानी नगरपालिकाको नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलले मटिहानी – ७ स्थित हनुमान मन्दिर (मणिराम बाबा कुट्टी)मा नव-निर्मित कम्पाउण्ड वालको आज एक कार्यक्रम बीच उद्घाटन गर्नु भयो।
कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जीतनारायण माझी, वडा नं. १ का वडा अध्यक्ष शिवशंकर कुमार राय, वडा नं. ३ का वडा अध्यक्ष नाजिर मिया, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मटिहानी नगर कार्य समितिका अध्यक्ष श्याम कुमार मण्डल, नेकाँका महासमिति सदस्य बैद्यनाथ मण्डल, नेकपा एमालेका नेता जुगेश्वर मण्डल ख़त्बे लगायत स्थानीयहरु सहभागी रहेका थिए।
सो मन्दिरमा करीब १० लाखको लागतमा कम्पाउण्डवाल गरिएको कुरा प्राविधिक दिनेश साहले बताउनु भयो।














Discussion about this post