जनकपुरधाम/जेठ १६ गते। मधेश प्रदेश सरकारको गौरवको योजना भनिएकाे विद्युतिय शवदाह गृह निर्माण प्रक्रिया अघि बढाइएकाे छ ।प्रदेश सरकारकाे उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले जनकपुरधामस्थित गंगासागर पाेखरीकाे डिलमा रहेकाे स्वर्गद्वारमा साे विद्युतिय शवदाहगृह निर्माण गर्न लागेकाे हाे । शुक्रवार साे मन्त्रालयकाे सराेकारवालासंगकाे छलफलमा यस्ताे यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने निर्णय गरिएकाे हाे ।
सराेकारवालासंगकाे छलफलमा वर्तमान स्वर्गद्वारकाे दाेश्राे कितामा विद्युतिय शवदाहगृह यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने, यसै साता टेण्डर प्रक्रिया अघि बढाइने र निर्माण भइसकेपछि सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरि कार्यविधि बनाएर स्वर्गद्वार समितिलाई संचालनकाे जिम्मा दिइने निर्णय गरिएकाे छ ।

छलफलमा उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले मधेश सरकारको याे गौरवको योजना रहेकाे र याे शवदाह गृह निर्माणले आम जनतालाई आर्थिक र समयकाे बचतसंगै वातावरणिय हिसाबले पाेलुसन राेक्ने काम समेत गर्ने बताए । उनले सो योजनाका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र केही वडा अध्यक्षहरुबीच सहमति निर्णय समेत भई सकेकाले निर्माणदेखि संचालनमा कुनै समस्या नहुने दाबी गरे ।दुई वर्ष भित्रमा इलेक्ट्रिक शवदाह गृह निर्माण हुने छ साे शवदाहगृहकाे यसै साता टेण्डर निकालिने र निमार्ण लागि मन्त्रालयले ११ करोड रुपैया छुट्याइएको जानकारी मन्त्रालयका सचिव राम कुमार खंगले दिए ।
कार्यक्रममा उपस्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनाेज साहले जनकपुरधाममा विद्युतिय शवदाह गृह निर्माण हुनु ठुलाे गाैरवकाे विषय रहेकाे भन्दै निर्माण सम्पन्न भएपछि तात्कालै कार्यविधि बनाएर स्वर्गद्वारी समितिलाई संचालनकाे जिम्ममा र आर्थिक काेष स्थापना गरि संचालनमा ल्याइने जानकारी दिए।शवदाहगृहका लागि अढाई तल्ले भवन निर्माणसहित दुईवटा शवदाह ट्रली बेड, भृन्चुरी स्क्रबर, वेट स्क्रबर धुंवा निस्किने चिम्नी र अस्थिलाई व्यवस्थापन गर्ने सहितका वातावरणीय संरचना निर्माण गरिनेछ ।
विद्यमान परम्परागत दाहसंस्कार प्रणालीमा आउने कठिनाइ, खर्च र वातावरणीय असरलाई ध्यानमा राखेर इलेक्ट्रिक शवदाह गृहको विकल्प अपनाइएको हो। यसले काठको खपत कम गर्नुका साथै कार्बन उत्सर्जनमा समेत कमी ल्याउने विश्वास गरिएको छ।

Beta feature
Beta feature
Beta feature




















Discussion about this post